• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo

राष्ट्रिय स्वतन्त्र पार्टीको सबै कार्यक्रमहरू स्थगित



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका सबै कार्यक्रम हरु स्थगित गरेको छ ।

पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले एक बिज्ञप्ति जारी गर्दै सबै प्रदेशमा तय गरिएका प्रदेश समितिहरूको विस्तारित बैठक तथा संगठन विस्तारका सबै कार्यक्रमहरू विशेष परिस्थितिका कारण अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गरेको जनाउनु भएको छ ।

उहाँले पार्टीका लागि अहिले चुनौतिको घडी रहेकाले मा सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरु संयमता साथ प्रस्तुत हुन समेत हार्दिक अनुरोध गर्नुभएको छ ।