• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

सर्वोच्च परिसरमा सुरक्षा व्‍यवस्था कडा पारियो



काठमाडौँ । सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा आजै फैसला सुनाउने तयारी गरेसँगै सुरक्षा व्यवस्था कडा पारिएको हो ।

प्रहरी परिसर काठमाडौँबाट डीएसपी पवत भट्टराईको नेतृत्वमा थप टोली सर्वोच्चमा पठाइएको छ भने प्रहरी वृत्त सिंहदरबारबाट पनि थप टोली सर्वोच्चमा तैनाथ छन् । योसँगै सर्वोच्चमा एसपीको कमाण्डमा नियमित टोली पनि रहेको छ ।