२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

१०१ राहदानीसहित विमानस्थलबाट दुई पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले बिहीबार १०१ थान राहदानी र पुलिस रिपोर्ट ७९ थानसहित दुई जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

अवैधरुपमा बाह्य मुलुकतर्फ ती पासपोर्ट र पुलिस रिपोर्ट लैजान लागेका ललितपुर महानगरपालिका–३ का ३८ वर्षीय अमित बोगटी र नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–७ का ३८ वर्षीया सोनीकुमारी गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौँबाट नयाँ दिल्ली जान लागेको बेला उनीहरुलाई पक्राउ गरिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पछाडि ब्यागेज एरियामा उनीहरुको लगेज एक्स रे गर्ने क्रममा शंकास्पद रुपमा ती राहदानी र पुलिस रिपोर्ट बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला परेको बताइएको छ ।

प्रहरीले सोधपुछ गर्दा ती राहदानी रोमानियामा भिसा स्ट्याम्पिङ गर्नका लागि लैजान लागेको भन्दै वैदशिक रोजगार विभागबाट जारी भएको भिसा स्ट्याम्पिङ निर्णय फाराम पेश गरिएको तर अनुसन्धानमा ती फाराममा उल्लिखित विवरण भएको राहदानी र उनीहरुबाट बरामद भएको राहदानीको विवरण फरक पर्न गएको थियो ।

प्रहरीले उनीहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो पठाएको छ ।