• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा ★   प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म ★   टी–२० विश्वकप जित्ने प्रत्येक खेलाडीले २ करोड ७७ लाख रुपैयाँ पाउने ★   भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द ★   सहारा क्लबलाई वर्ष उत्कृष्ट खेल सङ्घ अवार्ड ★   रन्जिताले लेखिन् कविता ‘तानाशाही प्रवृती’ ★   आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु: बामदेव गौतम  ★   नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु ★   सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गनुहोस: प्रधानमन्त्री ★   नेपालले आज इंग्ल्यान्ड ‘सी’ सँग खेल्दै

क्यानले भन्यो– सन्दीपको विषयमा कानुन अनुसार अगाडी बढ्छौ



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले बलात्कारको आरोपमा निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेबारे नेपालको कानुन अनुसार अगाढी बढ्ने बताएका छन् ।

क्यानले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चन्दले सन्दीपलाई टिममा फर्काउने बारेमा आफूहरु छलफलमा रहेको बताए ।

अध्यक्ष चन्दले सन्दीपको विषय गम्भीर रहेकोले नेपालको कानुन अनुसार नै अगाडी बढ्ने बताए । उनले अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपालको कानुनले दिएको खण्डमा सन्दीपलाई टिममा राख्न मिल्छ भनेको प्रतिक्रिया दिए ।

‘सन्दीप नेपालको चाहिँने खेलाडीमा कुनै लुकाउने पर्ने कुरा छैन । तर नेपालको कानुनले कुन किसिमको स्वीकृति दिन्छ त्यसको लागि सम्बन्धित निकायमा हामीले पहल गरेका छौं । त्यो अनुसार हामी अगाडि बढ्छौं । आइसिसीले हामीलाई के भनेको छ भने नेपालको कानुनले अनुमति दिन्छ भने तिमीहरु अघि बढ । नेपालको कानुनमा हामी छलफल गरि राखेका छौं । सम्बन्धित निकायसँग सुझाव मागेका छौं । त्यसपछि मात्रै हामी निर्णय लिन्छौं’, अध्यक्ष चन्दले भने ।

बलात्कारको आरोपमा थुनामा रहेका सन्दीपलाई गत पुष २९ मो उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । यद्यपि सन्दीप विदेश जान भने पाउदैनन् र उपत्यका छाड्दा मात्रै पनि उनले जिल्ला प्रहरी परिसर काठमाडौंलाई लिखित जवाफ दिनु पर्ने हुन्छ । सन्दीपले क्रिकेट खेल्न पाउने वा नपाउने भन्ने अदालतको आदेशमा उल्लेख छैन ।