२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन सामान्य अंकले घट्यो नेप्से राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ अण्डाको मूल्य हालसम्मकै उच्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानले भन्यो– सन्दीपको विषयमा कानुन अनुसार अगाडी बढ्छौ



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले बलात्कारको आरोपमा निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेबारे नेपालको कानुन अनुसार अगाढी बढ्ने बताएका छन् ।

क्यानले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चन्दले सन्दीपलाई टिममा फर्काउने बारेमा आफूहरु छलफलमा रहेको बताए ।

अध्यक्ष चन्दले सन्दीपको विषय गम्भीर रहेकोले नेपालको कानुन अनुसार नै अगाडी बढ्ने बताए । उनले अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपालको कानुनले दिएको खण्डमा सन्दीपलाई टिममा राख्न मिल्छ भनेको प्रतिक्रिया दिए ।

‘सन्दीप नेपालको चाहिँने खेलाडीमा कुनै लुकाउने पर्ने कुरा छैन । तर नेपालको कानुनले कुन किसिमको स्वीकृति दिन्छ त्यसको लागि सम्बन्धित निकायमा हामीले पहल गरेका छौं । त्यो अनुसार हामी अगाडि बढ्छौं । आइसिसीले हामीलाई के भनेको छ भने नेपालको कानुनले अनुमति दिन्छ भने तिमीहरु अघि बढ । नेपालको कानुनमा हामी छलफल गरि राखेका छौं । सम्बन्धित निकायसँग सुझाव मागेका छौं । त्यसपछि मात्रै हामी निर्णय लिन्छौं’, अध्यक्ष चन्दले भने ।

बलात्कारको आरोपमा थुनामा रहेका सन्दीपलाई गत पुष २९ मो उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । यद्यपि सन्दीप विदेश जान भने पाउदैनन् र उपत्यका छाड्दा मात्रै पनि उनले जिल्ला प्रहरी परिसर काठमाडौंलाई लिखित जवाफ दिनु पर्ने हुन्छ । सन्दीपले क्रिकेट खेल्न पाउने वा नपाउने भन्ने अदालतको आदेशमा उल्लेख छैन ।