• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने ★   बेलायतमा नेपाली कन्सर्ट हुँदै ★   आमिर खानले छिट्टै शाहरुख–सलमानसँग फिल्म गर्ने ★   दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको लक्ष्य हो: उपप्रमुख डंगोल ★   अष्पष्ट दृष्टिकोण र निराशाजनक भाष्यबीच अस्तव्यस्त कृषि ★   दक्षिणी चीनमा राजमार्ग भासिँदा कम्तीमा १९ जनाको मृत्यु, दर्जनौं घाइते

क्यानका अध्यक्ष चन्दले भने– सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गर्नु नै गल्ति भयो



फाईल फोटो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले नेपाल टी–२० लिगमा सेभेन थ्री स्पोर्टसलाई विश्वास गरेर आफूहरूबाट त्रुटि भएको स्वीकारेका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै चन्दले क्यानले सेभेन थ्री स्टारलाई विश्वास गर्नु नै गलत भएको बताएका हुन् ।

चन्दले प्रतियोगिताका नेपाली खेलाडीहरुले ८० प्रतिशत पैसा पाईसकेको र अरु पनि पाउने क्रममा रहेको दाबी गरे । उनले नेपाली क्रिकेटमा ग्रहण लागेको र त्यसलाई सुधार्न सबैको सहयोग आवश्यक रहेको बताए ।

चन्दले स्पट फिक्सिङमा क्यानका कुनै पनि पदाधिकारीको संलग्न भए त्यसमा आफुहरु कारबाही भोग्न तयार रहेको बताए ।

चन्दले सेभेन थ्री स्पोर्ट्सले सम्झौता अनुसार काम नगरेर बीचमा धोका दिएको समेत बताए । क्यानले प्रतियोगिताका लागि ब्यवसायीक र रणनीतिक साझेदारको रुपमा सेभेन थ्री स्पोर्ट्ससँग ८ वर्षको सम्झौता गरेको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलवार मात्रै नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको बताएको थियो । फिक्सिङमा चार सहभागि टोलीको व्यवस्थापक र खेलाडिहरुसहित १० जनाको संलग्नता रहेका छन् । जसअन्तर्गत, पूर्व राष्ट्रिय खेलाडी महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदील अन्सारीलाई पक्राउ गरेर सीआईबीलेअनुसन्धान गरिरहेको छ ।