• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

स्ववियु चुनावका लागि अखिल क्रान्तिकारीका कमाण्डर को को हुन् ?



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन अखिल क्रान्तिकारीले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का लागि सचिवहरुलाई प्रदेश इन्चार्ज तोकेको छ ।

अखिल क्रान्तिकारीको तेस्रो पदाधिकारी बैठकले गठबन्धनबिना स्ववियु निर्वाचन लड्नेसमेत निर्णय गरेको छ । यसका लागि उसले प्रदेशहरुमा सचिवलाई इन्चार्ज तोक्ने गरी कार्यविभाजन गरेको हो ।

यसअघि प्रदेशहरुमा इन्चार्जका लागि उपाध्यक्ष वा सचिवलाई पठाउने विषयमा लामो समयसम्म विवाद हुँदा कार्यविभाजन नै हुन सकेको थिएन । कार्यविभाजअनुसार प्रदेश १ को इन्चार्जमा खगेन्द्र सुवेदी, मधेश प्रदेशको इन्चार्जमार अनिल भगत र विशेष इन्चार्जमा पर्सुन कार्की तोकिएका छन् ।

त्यस्तै बागमती प्रदेशको इन्चार्जमा कृष्ण न्यौपाने, गण्डकी प्रदेशको इन्चार्जमा नरेन्द्र बयाडी, लुम्बिनी प्रदेशको इन्चार्जमा सूर्य घर्तीमगर, कर्णाली प्रदेशको इन्चार्जमा त्रिसणा हमाल र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा भीम भट्ट तोकिएका छन् ।

विश्वविद्यालय कमाण्डहरुको इन्चार्जमा सचिवहरु उपेन्द्र शाही र सञ्जय कालधानलाई जिम्मेबारी दिइएको छ । केन्द्रीय छात्रा विभाग प्रमुखमा सचिव पार्वती नेगी, केन्द्रीय स्वयंसेवक प्रमुखमा सचिव योगेन्द्र बुण र सम्पर्क मञ्च इन्चार्जमा सचिव विजय सापकोटालाई जिम्मेबारी तोकिएको छ ।

स्ववियुको निर्वाचन आगामी चैत ५ गते हुँदैछ ।