१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग

सूर्यकुमार यादवले जिते क्रिकेटर अफ द इयर २०२२ को अवार्ड

सूर्यकुमार यादवले जिते क्रिकेटर अफ द इयर २०२२ को अवार्ड
MELBOURNE, AUSTRALIA - NOVEMBER 06: Suryakumar Yadav of India bats during the ICC Men's T20 World Cup match between India and Zimbabwe at Melbourne Cricket Ground on November 06, 2022 in Melbourne, Australia. (Photo by Daniel Pockett-ICC/ICC via Getty Images)
अ अ+ अ-

काठमाडौँ । भारतीय क्रिकेटर सूर्यकुमार यादवले क्रिकेटर अफ द इयरको अवार्ड जितेका छन् । भारतका दायाँ हाते ब्याट्सम्यान यादवले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पुरुष टि–२० आई क्रिकेटर अफ द इयर २०२२ को अवार्ड जितेका हुन् ।

सूर्यकुमार आई क्रिकेटर अफ द इयर जित्ने पहिलो भारतीय बनेका छन् । उनले विश्वकप विजेता इंग्ल्यान्डका तेज अलराउन्डर साम करन, जिम्बाब्वेका अफ-स्पिन अलराउन्डर सिकन्दर रजा र २०२१ को अवार्ड विजेता पाकिस्तानका विकेटकीपर(ब्याटर्स मोहम्मद रिजवानलाई पछि पार्दै उक्त अवार्ड जितेका हुन् ।

सूर्यकुमार यादवले २०२२ मा खेलेका ३१ खेलमा २ शतक र ९ अर्धशतकसहित १ हजार १ सय ६४ रन बनाउँदै शीर्ष स्थानमा रहेका छन् । यस्तै, पाकिस्तानी मोहम्मद रिजवानले २५ खेलमा १० मा अर्धशतकसहित ९ सय ९६ रन बनाए भने जिम्बावेका सिकन्दर राजाले २४ खेलमा ७ सय ३५ रन बनाउनुको साथै २५ विकेट लिएका थिए ।

त्यसैगरी,इंग्ल्यान्डलाई टि–२० विश्वकप उपाधि जिताउँदा साम करनले उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यतिबेला उनी १३ विकेट लिँदै सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए ।

सूर्यकुमारले टि–२० मा ब्याटिङको रबाफ देखाउदै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले गत जुलाईमा इंग्ल्यान्डविरुद्ध भएको तेस्रो टि–२० आई खेलमा ५५ बलमा १४ चौका र ६ छक्कासहित १ सय १७ रनको शतकीय इनिङ खेलेका थिए । त्यस्तै, नोभेम्बरमा न्युजिल्यान्डविरुद्ध ५१ बलमा ११ चौका र ७ छक्कासहित १ सय ११ रनको शतकीय इनिङ खेलेका थिए ।

यस्तै, इएसोसियट क्रिकेटर २०२२ को अवार्ड नामिबियाका कप्तान जेरार्ड इरास्मसले जितेका छन् ।