२३ जेष्ठ २०८३, शनिबार
,
Latest
देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामनपा १० नं वडामा स्वास्थ्य भवनको शिलान्यास



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. १० को विनायक नगरमा स्वास्थ्य भवनको शिलान्यास भएको छ । ७० लाख रुपैयाँ लागतमा निर्माण हुने भवनको आज वडाध्यक्ष रामकुमार के. सी. ले शिलान्यास गर्नुभएको हो ।

शिलान्यासपछि संक्षिप्त प्रतिक्रिया दिँदै के. सी. ले भन्नुभयो, ‘अहिले स्वास्थ्य सेवा धेरै नै महङ्गो भयो । सामान्य उपचारका लागि पनि धेरै रकम चाहिने भएपछि यसको प्रत्यक्ष असर समाज व्यवस्थापनमा परेको छ । यो अवस्थालाई सुधार गर्न हामी विशेषज्ञ स्वास्थ्य सेवालाई सहज बनाउने प्रयासमा छौँ । यो भवन निर्माण भएर सेवा सुरु भएपछि योजना कार्यान्वयनमा एउटा उपलब्धी जोडिनेछ ।’

भवनको पहिलो तला निर्माणका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको थियो । प्रतिस्पर्धाबाट उक्त भवन ७० लाख रुपैयाँमा निर्माण हुने भएको छ । आउँदो १ बर्षभित्र उक्त भवन निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ ।

३ तलाको भवन बनाउने योजनाअनुसार पहिलो बर्ष पहिलो तला बनाउन लागिएको हो । अर्को बर्ष क्रमशः निर्माण गर्दै लैजाने वडाको योजना छ ।