२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामनपा १० नं वडामा स्वास्थ्य भवनको शिलान्यास



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. १० को विनायक नगरमा स्वास्थ्य भवनको शिलान्यास भएको छ । ७० लाख रुपैयाँ लागतमा निर्माण हुने भवनको आज वडाध्यक्ष रामकुमार के. सी. ले शिलान्यास गर्नुभएको हो ।

शिलान्यासपछि संक्षिप्त प्रतिक्रिया दिँदै के. सी. ले भन्नुभयो, ‘अहिले स्वास्थ्य सेवा धेरै नै महङ्गो भयो । सामान्य उपचारका लागि पनि धेरै रकम चाहिने भएपछि यसको प्रत्यक्ष असर समाज व्यवस्थापनमा परेको छ । यो अवस्थालाई सुधार गर्न हामी विशेषज्ञ स्वास्थ्य सेवालाई सहज बनाउने प्रयासमा छौँ । यो भवन निर्माण भएर सेवा सुरु भएपछि योजना कार्यान्वयनमा एउटा उपलब्धी जोडिनेछ ।’

भवनको पहिलो तला निर्माणका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको थियो । प्रतिस्पर्धाबाट उक्त भवन ७० लाख रुपैयाँमा निर्माण हुने भएको छ । आउँदो १ बर्षभित्र उक्त भवन निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ ।

३ तलाको भवन बनाउने योजनाअनुसार पहिलो बर्ष पहिलो तला बनाउन लागिएको हो । अर्को बर्ष क्रमशः निर्माण गर्दै लैजाने वडाको योजना छ ।