२५ भाद्र २०८३, बिहीबार
,
Latest
नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल भूगोलअनुसारको कानून निर्माण गर्न एशियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता आवश्यकः मन्त्री गौतम अन्नपूर्ण स्पाइकर एनभिएलको फाइनलमा काठमाडौँमा ‘सावेन’ को ऐतिहासिक प्रथम महासभा सुरु : सीमापार वन्यजन्तु अपराध रोक्न दक्षिण एसियाली सहकार्यमा… बागमती प्रदेश सरकारको निर्णय : कर्मचारीको नयाँ तलबमान , बाख्रा र मत्स्य विकास केन्द्र पुनः… हानि र नोक्सानी सम्बोधन कोषद्वारा नेपालले पठाएको पत्रको जवाफ प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोडभन्दा बढी मौज्दात भोटेकोशी बाढी : उत्पादन क्षेत्रमा डेढ खर्ब क्षतिको अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाबीहरू अस्वीकार गर्दै सेभेन थ्री स्पोर्ट्सले भन्यो – फिक्सिङमा संग्लग्न छैनौँ



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिगको लागि व्यवसायीक र रणनीतिक साझेदार बनाएको कम्पनी ‘सेभेन थ्री स्पोर्ट्स’ले म्याच फिक्सिङमा आफुहरु संग्लग्न नभएको दाबी गरेको छ ।

भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले बिहीबार एक विज्ञप्ति निकाल्दै विभिन्न मिडियामा फिक्सिङमा कम्पनीको नाम जोडिएर आएको समाचार सत्य नभएको उल्लेख गरेको छ । साथै, म्याच फिक्सिङका सबै आरोपहरू पूर्णतया निराधार र मनगढन्ते भएको समेत दाबी गरेको छ ।

सेभेन थ्री स्पोर्ट्सले दाबीहरू अस्वीकार गरेपनि सीआईबीको अनुसन्धानमा प्रोत्साहन र सहयोग गर्ने बताएको छ । विज्ञप्तिमा भनिएको छ–, ‘म्याच फिक्सिङका सबै आरोपहरू पूर्णतया निराधार र मनगढन्ते छ । प्रकाशित विभिन्न समाचारको जवाफमा सेभेन थ्री स्पोर्ट्सले यसलाई रेकर्डमा राख्न चाहन्छ। सेभेन स्पोर्ट्सले सबै दाबीहरूलाई कडा रूपमा अस्वीकार गर्दछ।’

मंगलवार पत्रकार सम्मेलन गरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल टी–२० लिगको स्पट फिक्सिङमा चार सहभागि टोलीको व्यवस्थापकसहित १० जना संलग्न रहेको जानकारी दिएको थियो । जसअन्तर्गत, सीआईबीले पूर्व राष्ट्रिय खेलाडी महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदील अन्सारीलाई  पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

हिजो वुधवार मात्रै राष्ट्रिय खेलकुद परिषद राखेपद्धारा नेपाल टी ट्वान्टी लिगको छानविन गर्न गठित कार्यदलले प्रक्रिया पुरा नगरि क्यानले सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गरेको भन्दै तत्काल खारेज गर्न ४६ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो ।

क्यानले प्रतियोगिताका लागि सेभेन थ्री स्पोर्ट्ससँग ८ वर्षको सम्झौता गरेको छ ।

 




भर्खरै