२३ भाद्र २०८३, मंगलवार
,
Latest
‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै
तपाईं के खोज्दै हुनुहुन्छ ?

छानबिन समितिले राखेपलाई प्रतिवेदन बुझायो



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघको आधिकारिक लिग भनिएको नेपाली टी–२० लिगमा खेलाडीको पारिश्रमिक विवाद तथा व्यवस्थापनका बारे छानबिन गर्ने गठित समितिले बुधवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई प्रतिवेदन बुझाएको छ ।

एकेन्द्र कुँवरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समितिले बुधवार राखेप सदस्यसचिव टंकलाल घिसिङलाई नेपाल टी–२० लिग आयोजनाका लागि भारतीय कम्पनी सेभन थ्री स्पोर्टस र क्यानबीचको सम्झौता खारेज गर्ने लगायतका निस्कर्ष निकाल्दै ४६ पृष्ठ लामो प्रतिवेदन बुझाएको हो ।

लिग आयोजनाको क्रममा साझेदार विदेशी कम्पनीसँगको सम्झौता, सञ्चालन लगायतका विषयमा प्रचलित ऐन, नियम तथा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ मा भएको शर्त र दफा ४४ को उपदफा (२) मा भएको व्यवस्थाको पालना नभएको र सम्बन्धित पक्षलाई राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ मा भएको व्यवस्था आकर्षित हुने ठहर गरेको छ ।

साथै प्रचलित ऐन, नियम बमोजिम प्रक्रिया पूरा नगरी प्रतियोगिता आयोजना सम्बन्धमा भएको सम्झौता तत्काल खारेज गर्न पनि निर्देश गरेको छ । नेपाल टी २० लिगमा शंकास्पद एवं अस्वभाविक गतिविधिका कारण फिक्सिङ हुने सम्भावनाका विषयमा अनुसन्धान गर्ने आधिकारिक निकाय नेपाल प्रहरीको सिआईबीबाट भइरहेको अनुसन्धानबाट प्राप्त निस्कर्षको आधारमा दोषीमाथि प्रचलित कानून एवं राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३३ बमोजिम हुने कारवाहीमा अवश्यक सहयोग प¥याउने निर्णय कार्यदलले गरेको छ । भने आईसिसिसँग आवश्यक छलफल र समन्वय गर्न सकिने उल्लेख पनि गरेको छ ।

प्रतियोगिताका दौरान खेल मिलेमतो, स्पट फिक्सिङ र बेटिङ समेत भएको भन्दै केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) ले पनि प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिसकेको छ । सिआइबीले सोमवार खेल मिलेमतोमा संग्लग्न रहेको आरोपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउण्डर मेहबुब आलम र वर्तमान राष्ट्रिय टोलीका अलराउण्डर मोहम्मद आदिल अन्सारीलाई पक्राउ गरिसकेको छ र अनुसन्धानका लागि पाँच दिनको समयअवधि पनि थपेको छ ।