२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिउँ पहिराले कर्णाली राजमार्ग अवरुद्ध



अ+ अ-

जुम्ला । हिउँ पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । बुधबार कालीकोटको तिलागुफा नगरपालिका–४ स्थित राचुलीमा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय जुम्ला प्रहरी नायक उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

जुम्लाबाट नेपालगञ्जतर्फ जाँदै गरेको गाडी पहिरोमा फसेको प्रहरीले जनाएको छ । पहिरो खुलाउने पहल भइरहेको छ । राजमार्ग अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठका अनुसार राजमार्गमा खसेको पहिरो खुलाउने काम भइरहेको छ । हिमपातले राजमार्गसमेत अवरुद्ध हुन थालेको छ ।