५ श्रावण २०८३, मंगलवार
,
Latest
उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

अझै हिउँ परेन



अ+ अ-

ताप्लेजुङ । अघिल्ला वर्षमा ताप्लेजुङका उत्तरी हिमाली क्षेत्रमा पुस लागेदेखि नै हिमपात सुरु हुन्थ्यो । अग्ला पहाडका चुचुरा र हिमाल हिउँले सेताम्मे देखिन्थे । तर यो वर्ष माघ महिना मध्य हुन लाग्दा पनि हिमपात भएको छैन । सधैँ हिउँले सेताम्मे देखिने डाँडाकाँडा कालापत्थर झैँ देखिन्छन् ।

स्थानीयवासी छेतेन शेर्पाका अनुसार करिब तीन हजार मिटरको उचाइमा पर्ने ओलाङ्चुङगोलामा अघिल्ला वर्षको माघ महिनामा दुई फिट भन्दा बढी हिउँ जम्थ्यो । उच्च क्षेत्रमा पर्ने मानव बस्ती याङ्मा, घुन्सालगायतका क्षेत्रमा पनि हिउँ परेको छैन । पुसदेखि नै हिउँ पर्ने र चिसो बढ्ने भन्दै उच्च क्षेत्रका कतिपयले फागुन अन्तिमदेखि घर छाडेर अन्यत्र निस्किएका छन् ।

बर्सेनि हिमपातको समयमा याङ्मा, घुन्सा, ओलाङ्चुङगोला लगायतका कतिपय मानिस अन्यत्र जाने गर्छन् । सधँैका वर्षमा जस्तो चिसो पनि नबढेको स्थानीयवासीले बताए । लामो समयदेखि वर्षा नभएको र मौसम सफा रहेको ओलाङ्चुङगोलाका छेतेन शेर्पाको भनाई छ ।

“विगतका वर्षमा पुसदेखि नै हिमपात सुरु हुन्थ्यो, अहिले न वर्षा न त हिउँ नै । पूरै खडेरी चलेको छ, दिनहुँ टन्टलापुर घाम लाग्छ, चिसो हुनेबेलामा न्यानो छ”, शेर्पाले भन्नुभयो ।

समयमा वर्षा र हिउँ नपर्दा किसानलाई समस्या भएको उहाँले बताउनुभयो । आलु रोप्ने मौसम नजिकिँदै गएकाले यतिबेलादेखि नै जमिनमा चिस्यान आवश्यक हुने शेर्पाको भनाइ छ । “उच्च क्षेत्रमा बसोबास गर्नेको मुख्य खेती आलु पनि हो, आलु रोप्ने बेला नजिकिएको छ, आलु रोप्ने समयमा चिस्यान भएन भने समस्या हुन्छ, अन्य तरकारी फलफुल खेतीसमेत लाउन पाइदैन”, उहाँले भन्नुभयो । यस्तै आगलागीकोसमेत जोखिम हुने शेर्पाले बताउनुभयो ।

खडेरीका कारण चरन क्षेत्र लगायतमा आगलागी हुन सक्ने भएकाले थप समस्या हुने उहाँले बताउनुभयो । बर्सेनि ढिलो गरी हिउँ पर्ने क्रम बढ्दै गएको स्थानीयवासी बताउँछन् ।

पछिल्ला केही वर्षयता हिमपात न्यून हुने र अर्कातिर समयमा नहुने गरेको पाइएको स्थानीयवासीले बताए । हिमपात र वर्षा नहुँदा हिमाली क्षेत्रका किसानलाई मात्रै नभइ तल्लो भेगका किसानलाई समस्या छ । गहुँ, जौ, तोरी, मकैलगायतका बालीनाली लगाउने मौसम सुरु हुन लाग्दासमेत खडेरी निरन्तर रहेकाले किसान चिन्तामा परेका छन् । यस्तै हिमपात समयमा नहुँदा वन्यजन्तुमासमेत असर पर्ने बताइन्छ । हिउँ परेको वातावरणमा बस्न रुचाउने हिउँ चितुवा, कस्तुरी, ब्वाँसो लगायतका जनावरलाई समस्या हुने बताइन्छ । रासस