२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता छन् पहिलो मन्त्रीपरिषद बैठकले गरेका निर्णय



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाको नेतृत्वको पहिलो मन्त्रीपरिषदको बैठकले सबै नागरिकलाई निशुल्क खोप उपलब्ध गराउने निर्णय गरेको छ । 

मंगलबार सिंहदरबारमा बसेको पहिलो क्याबिनेट बैठकले सबै नागरिकलाई निशुल्क खोप उपलब्ध गराउने निर्णय गरेको हो । 

यस्तै मन्त्रिपरिषद्को बैठकले ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

मन्त्रिपरिषद्को बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री कार्कीले आफूलाई प्रवक्ता तोकिएको जानकारी दिएका हुन् ।

आज देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो मन्त्रिपरिषद् बैठक बसेको हो