६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा रिट निवेदकको बहस सकियो



अ+ अ-

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता तथा राहदानीको विवादसम्बन्धी मुद्दामा जारी अन्तिम सुनुवाइअन्तर्गत रिट निवेदक पक्षका कानुन व्यवसायीको बहस सकिएको छ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा सम्मिलित संवैधानिक इजलासमा रिट निवेदक पक्षका कानुन व्यवसायीको बहस सकिएको हो ।

रिट निवेदकका पक्षबाट अधिवक्ता रबिराज बसौला, वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र अधिवक्ताहरु रमण कर्ण, अमृत खरेल र निकिता ढुङ्गानाले बहस गर्नुभयो ।

रिट निवेदक पक्षका कानुन व्यवसायीले लामिछाने हालसम्म पनि नेपाली नागरिक नभएको जिकिर गर्नुभएको थियो ।