२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो News Polar गाँजासहित युवक पक्राउ News Polar ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता News Polar वर्षाले धानबालीमा क्षति News Polar कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना News Polar जुम्लामा आज सार्वजनिक बिदा News Polar तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत News Polar चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि… News Polar एन्फाको आर्थिक अनियमितता: चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव

डा.श्रीधर खनालको एआई र रोबोटिक्स उपन्यास ‘सावर्णि’ बजारमा

डा.श्रीधर खनालको एआई र रोबोटिक्स उपन्यास ‘सावर्णि’ बजारमा
अ अ+ अ-

काठमाडौं । बालरोग विशेषज्ञ डा. श्रीधर खनालको साइन्स फिक्सनमा आधारित एआई र रोबोटिक्स उपन्यास सावर्णि बजारमा आएको छ ।

प्राध्यापक अभि सुवेदी, लेखक डा.रवीन्द्र समीर, लेखक सगुना शाह र सावर्णिका लेखक स्वयम् डा. श्रीधर खनालले एक कार्यक्रमका बिच सामुहिक रुपमा पुस्तकको लोकार्पण गरेका हुन् ।
पुस्तक माथि बिबेचना गर्दै लेखक समीरले अबको युग ‘सावर्णि’ युग भएको बताए ।

‘अब हामी सावर्णि युगमा प्रवेश गर्न लागेको संकेत आइरहेको छ । छोराछोरी, बाबुआमा, हजुरबाहजुरआमा मोबाइलविना खाना खानै नसक्ने अवस्था छ’ । कुनै लेख लेख्नुपरे च्याट जीपीटी छ ।

एआईको उच्चतम प्रयोगबाट मानिसमा भएको संवेदना, सृजना र आत्मियता हराउँदै जाने र एकदिन ‘हामीलाई एआईले नियन्त्रण गर्ने छ भन्दै, लेखक समीरले त्यो भयावह अवस्थाको सुन्दर चित्रण सावर्णि उपन्यासमा पढ्न सकिने बताए । एक नव लेखक युवा चिकित्सकले यस्तो विषयमा यति गम्भिर ढंगले पुस्तक लेखेकोमा आफु अचिम्मत भएको उनले बताए ।

उनले भने ‘एआईले हामीलाई शासन गर्न सुरू गरिसकेको छ । यस आक्रमणबाट हामी र हाम्रा सन्ततीलाई बचाउने उपायहरु समेत यस पुस्तकले प्रदान गरेकोमा आफुले सन्तोषको सास फेरेको समेत उनले बताए ।

लेखक सगुना शाहले ‘सावर्णि’मा डा। खनालको अध्ययन, प्रस्तुती र कल्पनशिलताको उच्चतम फैलावटबाट आफु रोमाञ्चित भएको बताइन् ।

सावर्णि ‘हामी लोप भइसकेपछिको कथा हो । यो किताब पढ्दै जाँदा हामी कैयौं पटक बाल्यकालमा पुग्छौं । त्यहि सुन्दर, उत्सुक र निस्फिक्रि संसारमा पुग्छौं । भविष्यको युगमा हाम्रा सन्ततीमाथी हुने नियन्त्रणको प्रभावमा मानिसले भोग्ने छट्पटाहटलाई यो पुस्तकले सुक्ष्म तहमा विवेचना गरेको उनले बताईन् । शाहले अबको प्यारेन्टिङ कस्तो हुनपर्छ भनेर यस पुस्तकले सचेत गराएउँदा आफु एकहद सम्म ढुक्क भएको पनि बताइन् ।

मान्छेले सृजना गरेको कतिपय कुराले मान्छेलाई नै ध्वस्त बनाउने भन्दै प्राध्यापक अभि सुवेदीले: ‘यो उपन्यासले विनासको रौद्र रुपमा मात्र होइन् आशाको सुन्दर संकेत समेत गरेको बताए । सावर्णिको जन्म नेपाली साहित्यको प्रयोगात्मक उपन्यासको रूपमा भएको र सम्भवत: एआई र रोबोटिक्स युगकोबारे यसरी लेखिएको यो नेपालको पहिलो उपन्यास नै भएको उनले टिप्पणी गरे । हाम्रा पौराणिक मान्यता, धर्म ग्रन्थहरुलाई समेत आधार बनाएर कल्पनशिलताको त्यो युग र हामी पछिको एआई नियन्त्रित युगको बर्णन सुन्दर ढंगले प्रस्तुत गर्न सफल भएकोमा उनले लेखक डा। खनाललाई मंचबाटै बधाई समेत दिए ।

दैनिक जसो बालबालिकाको अनेकौं समस्यासँग जुध्दै, झेल्दै र समाधान गर्दै आएका बाल चिकित्सक डा। श्रीधर खनालले पछिल्लो समयमा बालबालिकामा देखिएको मनोबैज्ञानिक समस्याहरुलाई सुक्ष्म रुपमा लिएको र त्यसबारे अध्ययन गरिरहेको बताए । यसै क्रममा विभिन्न क्षेत्रको अध्ययनको निष्कर्ष स्वरुप आम मानिसलाई मनोरञ्जनात्मक रुपमा भविष्यको दृष्य देखाउन आफुले सावर्णिलाई औपन्यासिक रुप दिएको लेखक डा। खनालले बताए ।

सावर्णि पुस्तकलाई बुकहिलले बजारमा ल्याएको हो ।