२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा रिट निवेदकको बहस सकियो



अ+ अ-

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता तथा राहदानीको विवादसम्बन्धी मुद्दामा जारी अन्तिम सुनुवाइअन्तर्गत रिट निवेदक पक्षका कानुन व्यवसायीको बहस सकिएको छ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा सम्मिलित संवैधानिक इजलासमा रिट निवेदक पक्षका कानुन व्यवसायीको बहस सकिएको हो ।

रिट निवेदकका पक्षबाट अधिवक्ता रबिराज बसौला, वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र अधिवक्ताहरु रमण कर्ण, अमृत खरेल र निकिता ढुङ्गानाले बहस गर्नुभयो ।

रिट निवेदक पक्षका कानुन व्यवसायीले लामिछाने हालसम्म पनि नेपाली नागरिक नभएको जिकिर गर्नुभएको थियो ।