• ७ असार २०८१, शुक्रबार
  •      Fri Jun 21 2024
  •   Unicode
Logo
Latest
★   निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधानको संसदीय सुनुवाइ प्रक्रिया सुरु हुँदै ★   मालिंगालाई पछि पार्दै मिचेल स्टार्कले बनाए नयाँ कीर्तिमान ★   मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द ★   गृहमन्त्री लामिछानेविरुद्धको रिट मल्ल र सुवेदीको इजलासमा ★   जनयुद्धमा अहिलेको भन्दा जीवन सरल थियो: प्रधानमन्त्री ★   एकैदिन एक हजार नौ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   बैचारिक स्पष्टता संगै राजनीतिक परिपक्वता हाँसिल गर्दै अघि बढिरहेका छौ: रवि लामिछाने ★   राजस्व सङ्कलनमा सामान्य वृद्धि ★   टी–२० विश्वकप: अष्ट्रेलियाले बंगलादेशलाई डिएलएस मेथडमा २८ रनले हरायो ★   मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द

गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा रिट निवेदकको बहस सकियो



काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता तथा राहदानीको विवादसम्बन्धी मुद्दामा जारी अन्तिम सुनुवाइअन्तर्गत रिट निवेदक पक्षका कानुन व्यवसायीको बहस सकिएको छ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा सम्मिलित संवैधानिक इजलासमा रिट निवेदक पक्षका कानुन व्यवसायीको बहस सकिएको हो ।

रिट निवेदकका पक्षबाट अधिवक्ता रबिराज बसौला, वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र अधिवक्ताहरु रमण कर्ण, अमृत खरेल र निकिता ढुङ्गानाले बहस गर्नुभयो ।

रिट निवेदक पक्षका कानुन व्यवसायीले लामिछाने हालसम्म पनि नेपाली नागरिक नभएको जिकिर गर्नुभएको थियो ।