१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वकप्तान पारसले एसियन लायन्सबाट लेजेन्ड्स लिग खेल्ने



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का एसियन लायन्समा अनुबन्धित भएका छन् ।

एसियन लायन्सले सामाजिक संजालमार्फत पारसलाई लेजेन्ड्स लिग क्रिकेटको लागि अनुबन्ध गरेको बताएको हो ।

लायन्सले पारससँगै थिसारा परेरा,मोहम्मद हाफिज र शोयब अख्तरलाई पनि टोलीमा समाबेश गरेको बताएको छ । उपुल थरंगा र अस्गर अफगान भने यसअघि नै टोलीमा अनुबन्ध भईसकेका छन् ।

२७ फेब्रुअरी देखी ८ मार्च सम्म हुने तेस्रो संस्करणको लेजेन्ड्स लिग कतारमा आयोजना हुँदैछ । लिगमा वल्र्ड जायन्टस ,इण्डियन महाराज तथा एसियन लायन्सको सहभागिता रहने छ ।