२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक्ष्मी महतोलाई अपराधीका रुपमा चर्चा नगरियोस्– रघुवीर महासेठ(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का नेता रघुवीर महासेठले पार्टीका सांसद लक्ष्मी महतो कोइरीलाई अपराधीका रुपमा चर्चा नगर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई तथा शुभकामना दिनुहुँदै उहाँले राज्य र कानूनले दोषी करार गरिनसकेको सांसदलाई अपराधीको पगरी नलगाईदिन आग्रह गर्नुभएको हो ।

उहाँले देशमा अहिले लक्ष्मी महतोको सवत्र चर्चा रहेको र केही माननीयले समेत महतोलाई अपराधीको संख्या दिएको भन्दै कानूनले ठहर नगरेसम्म दोषी करार गर्न नमिल्ने धारणा राख्नुभयो ।

एमाले नेता महासेठले भन्नुभयो, “के सांसद लक्ष्मी महतो साच्चिकै अपराधी हुन् त रु संसदमा केही माननीयजीले पनि महतोका विषयमा धेरै कुरा उठाउनुभएको छ । त्यसो हो भने पुरानो सरकारले किन राज्यको प्रतिष्ठित पदक दिने निर्णय ग¥यो । महतो अहिले हाम्रो पार्टीको सम्पर्कमा हुनुहुन्न । यदि प्रहरी प्रशासनले हिरासतमा लिएको छ भने सार्वजनिक गर्नुप¥यो, होइन भनेर आरेपमा कुनै सत्यता छैन ।”

कानूनसम्मत महतो दोषी भए पार्टी नै पक्राउ गर्न सहजिकरण गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “म सभामुखमार्फत् गृहमन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु, सांसद लक्ष्मी महतो कानुनसम्मत अपराधी हुन् भने पक्राउ गर्नुहोस् पार्टीले सहजीकरण गर्नेछ । लक्ष्मी महतोलाई अपराधी करार गरिएको छ, कानूनले अपराधी भनेर निर्णय गरेको छैन तर, संसदमा अपराधीको आरोप लगाइएको छ ।”

नेता महासेठले जनकपुरमा दुई व्यक्ति ९रोहितकुमार साह र विष्णुकुमार साह०को अपहरणपछि हत्यामा संलग्न अपराधीको खोजी गरी कडा कानूनी कारबाही गर्न माग गर्नुभयो । अपहरणपछि हत्या गर्ने अपराधी पक्राउ गर्न प्रहरी प्रशासनले सक्रियता नदेखाएको भन्दै सभामुखमार्फत् गृहप्रशासनको ध्यानाकर्षण गराउनुभयो ।

एमाले नेता महासेठले अघिल्ला सरकारले आर्थिक सुशासन र पारदर्शिता कायम गरी आर्थिक अवस्था सुधान गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले वर्तमान सरकारले केही गर्छकि भन्ने जनतामा आशा र विश्वास पलाएको पनि उल्लेख गर्नुभयो ।

“यो सरकारले छोटो समयमा जनतामा अलिअलि मलहम लगाउने काम गरेको छ । देशको आर्थिक सुधारका लागि प्रारम्भिकरुपमा सकारात्मक प्रयास थालिएको छ । राजनीतिक रुपमा पनि यो सरकारले प्रगति गरेको छ ।” रासस