७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलर सटही गर्दै हुनुहुन्छ ? हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर



अ+ अ-

काठमाडौं । बुधबार पनि अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घटेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ५० पैसा तोकिएको छ ।  

एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ५१ पैसा तोकिएको छ । एक युरोको खरिददर १ सय ४० रुपैयाँ ८० पैसा रहेको छ भने बिक्रीदर १ सय ४१ रुपैयाँ ५१ पैसा रहेको छ ।

यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९५ रुपैयाँ ३७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९७ रुपैयाँ ३ ७ पैसा तोकिएको छ। एक बहराइन दिनारको खरिददर ३ सय १५ रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १६ रुपैयाँ ९८ पैसा तोकिएको छ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८६ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ८४ पैसा तोकिएको छ । कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४५ पैसा तोकिएको छ ।

त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ५७ पैसा तोकिएको छ। एक अस्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रीदर ८९ रुपैयाँ ३९ पैसा रहेको छ ।