५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेका सबै जनसङ्गठनको सम्मेलन मिति घोषणा



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)को सबै जनवर्गीय सङ्गठनका राष्ट्रिय अविधेशन/सम्मेलन मिति तय गरिएको छ । नौवटा जनवर्गीय सङ्गठनको महाविधेशन/’सम्मेलन मिति घोषणा गरिएको एमाले जनसङ्गठन समन्वय संयन्त्रका सहसंयोजक तथा केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सबै जनसङ्गठनले चैत मसान्तभित्र अधिवेशन/सम्मेलनका लागि मिति घोषणा गरेका हुन् ।

गत पुस २४ र २५ गते काभ्रेको धुलिखेलमा सम्पन्न जनसङ्गठनको भेलाले आगामी चैत मसान्तभित्र राष्ट्रिय अधिवेशन/ सम्मेलन गर्ने निर्णय गरेका थिए । सदस्य खड्काले सबै जनसङ्गठनका पदाधिकारी र सचिवालय बैठकले अधिवेशन/सम्मेलनको मिति तोकेको जानकारी दिनुभयो । उहाँका अनुसार अनेरास्ववियुको आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा, नेपाल खेलकुद महासङ्घको फागुन ७ देखि ९ गतेसम्म विराटनगरमा, रिटर्नी फेडरेसन नेपालको चैत ११ र १२ गते काठमाडौँमा सम्मेलन हुने भएको छ ।

यस्तै लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालको चैत १८ र १९ गते काठमाडौँ, नेपाल पिछडा वर्ग महासङ्घको चैत २२ र २३ गते वीरगञ्जमा, पेसागत महासङ्घ नेपालको चैत २४ र २५ गते काठमाडौँमा, अखिल नेपाल महिला सङ्घको चैत २५ देखि २६ गते काठमाडौँमा, अखिल नेपाल किसान महासङ्घको चैत २६ देखि २८ गते नवलपुरमा र राष्ट्रिय युवा सङ्घको चैत २७ देखि २९ गतेसम्म बाँकेमा सम्मेलन हुने जनाइएको छ।

एमाले र तत्कालीन नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकताबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि जनवर्गीय सङ्गठनका अधिवेशन नियमित हुन सकेका थिएनन् । एमालेका २३ जनवर्गीय सङ्गठन छन् । रासस