२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहीद सप्ताको पहिलो दिन शुक्रराज शास्त्रीको सम्झना



अ+ अ-

काठमाडौँ । शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गर्नुभएको स्थान टेकुको पचलीमा स्मृति सभा आयोजना गरी आजबाट शहीद सप्ताह सुरु गरिएको छ । परिवारमै सीमित शासकीय शक्ति जनतामा पु¥याउन बलिदान दिने शहीदको योगदानको सम्मानमा हरेक वर्ष काठमाडौँ महानगरपालिकाको आयोजनामा माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिएको छ ।

शहीद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा महानगरप्रमुख एवं शहीद सप्ताह मूल समारोह समितिका संयोजक बालेन्द्र साह, उपप्रमुख सुनिता डङ्गोल, महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीसहितले शहीदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै उहाँको योगदानको स्मरण गर्नुभयो ।

विसं १९५०मा बनासरमा जन्मनुभएका शास्त्रीले भारतकै देहरादुनबाट प्रारम्भिक शिक्षा गर्नुभएको थियो । धार्मिक गतिविधिबाट जहानियाँ शासनविरुद्ध जागरण अभियान सञ्चालन गर्ने क्रममा १९९४ मङ्सिर १३ गते इन्द्रचोकमा मानिसलाई भेला गराएर तात्कालिन सरकारको आलोचना गरेको आरोप लगाएर उहाँलाई पक्राउ गरिएको थियो ।

यसैगरी धर्मभक्त माथेमालाई माघ १३ गते र गङ्गालाल श्रेष्ठ तथा दशरथ चन्दलाई माघ १५ गते प्राणदण्ड दिइएको थियो । शहीद सप्ताहको अन्तिम दिन यही माघ १६ गते शान्ति बाटिकाबाट सुरु गरिने प्रभातफेरी लैनचौरस्थित शहीदपार्कमा पुगी ज्ञातअज्ञात शहीदका सम्झनामा स्मृतिसभा परिणत हुने जनाइएको छ ।

कामपाले प्रजातन्त्र प्राप्तिका लागि प्राणदण्ड दिइएका चार शहीदहरुको पूर्णकदको शालिक उहाँहरुले साहादत प्राप्त गर्नुभएकै स्थानमा निर्माण गरिसकेको छ । विसं २०७५ मा शुक्रराज शास्त्रीको शालिक स्थापना गरिएकामा धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको शालिक २०७६ मा स्थापना गरिएको थियो । रासस