• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   नेपालीलाई चिनियाँ भिसा नि:शुल्क, एक्सप्रेस शुल्क र सेवा शुल्क भने यथावत ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई चौंथो सफलता, भुर्तेलले लिए दुई विकेट ★   लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउन नेपाल तयार छ: परिसङ्घ अध्यक्ष अग्रवाल ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए विकेट ★   बेथिति र बिकृतिको समुल अन्त्य गर्न आन्दोलनको बिकल्प छैन :- कमल थापा ★   गाजामा युद्धविराम विश्व आर्थिक मञ्चको प्रमुख एजेन्डामा ★   नेपाललाई दोस्रो सफलता, सागर ढकालले लिए दुई विकेट ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता ★   इलाम–२ मा मतगणना सुरु ★   नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

‘पठान’ रिलिज हुनुअघि शाहरुख खानको फ्यानसँग भेट



एजेन्सी । बलिउडका ‘किंग खान’ शाहरुख खान अभिनित फिल्म ‘पठान’ले यतिबेला चर्चा बटुलिरहेको छ । फिल्म २५ जनवरी अर्थात यही बुधबार रिलिज हुँदैछ यसैबीच शाहरुखले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा मन्नत बाहिर जम्मा भएका फ्यानहरूको भिडियो सेयर गरेका छन् ।

यो भिडियोमा उनले बाल्कनीमा आएर फ्यानलाई अभिवादन गर्दै पठानलाई हेर्न अपिल गरेका छन् ।

मन्नत घरबाट निस्किएपछि शाहरुखले फ्यानका लागि आफ्नो आइकोनिक पोज पनि दिएका छन् । भिडियो सेयर गर्दै किङ खानले क्याप्सनमा लेखेका छन्, ‘यति राम्रो आइतबार साँझको लागि सबैलाई धन्यवाद । पठानलाई हेर्नको लागि टिकट बुक गर्नुहोस् र अब म तपाईंलाई त्यहाँ भेट्नेछु ।’

भिडियोमा हजारौँ फ्यानहरु शाहरुख खानको एक झलक पाउनको लागि कराउँदै गरेको देखिन्छ । शाहरुख खान ४ वर्षको अन्तरालपछि पठानबाट ठूलो पर्दामा कमब्याक गर्दैछन् । फिल्ममा किंग खानका अलावा जोन अब्राहम र दीपिका पादुकोण पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् ।

चलचित्रको ट्रेलर पनि सार्वजनिक भएको छ । एक्शन थ्रिलर फिल्म ‘पठान’को कुरा गर्दा शाहरुख खान एकदमै नयाँ एक्शन अवतारमा देखिएका छन् । चलचित्रको अग्रिम टिकट बुकिङको चर्चा चलिरहेको छ । रिलिज हुनुअघि नै फिल्मले रेकर्ड ब्रेकिङ टिकट बुक गरिसकेको छ ।