६ श्रावण २०८३, बुधबार
,
Latest
श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पठान’ रिलिज हुनुअघि शाहरुख खानको फ्यानसँग भेट



अ+ अ-

एजेन्सी । बलिउडका ‘किंग खान’ शाहरुख खान अभिनित फिल्म ‘पठान’ले यतिबेला चर्चा बटुलिरहेको छ । फिल्म २५ जनवरी अर्थात यही बुधबार रिलिज हुँदैछ यसैबीच शाहरुखले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा मन्नत बाहिर जम्मा भएका फ्यानहरूको भिडियो सेयर गरेका छन् ।

यो भिडियोमा उनले बाल्कनीमा आएर फ्यानलाई अभिवादन गर्दै पठानलाई हेर्न अपिल गरेका छन् ।

मन्नत घरबाट निस्किएपछि शाहरुखले फ्यानका लागि आफ्नो आइकोनिक पोज पनि दिएका छन् । भिडियो सेयर गर्दै किङ खानले क्याप्सनमा लेखेका छन्, ‘यति राम्रो आइतबार साँझको लागि सबैलाई धन्यवाद । पठानलाई हेर्नको लागि टिकट बुक गर्नुहोस् र अब म तपाईंलाई त्यहाँ भेट्नेछु ।’

भिडियोमा हजारौँ फ्यानहरु शाहरुख खानको एक झलक पाउनको लागि कराउँदै गरेको देखिन्छ । शाहरुख खान ४ वर्षको अन्तरालपछि पठानबाट ठूलो पर्दामा कमब्याक गर्दैछन् । फिल्ममा किंग खानका अलावा जोन अब्राहम र दीपिका पादुकोण पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् ।

चलचित्रको ट्रेलर पनि सार्वजनिक भएको छ । एक्शन थ्रिलर फिल्म ‘पठान’को कुरा गर्दा शाहरुख खान एकदमै नयाँ एक्शन अवतारमा देखिएका छन् । चलचित्रको अग्रिम टिकट बुकिङको चर्चा चलिरहेको छ । रिलिज हुनुअघि नै फिल्मले रेकर्ड ब्रेकिङ टिकट बुक गरिसकेको छ ।