• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
Latest
★   हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान ★   लिभरपुललाई प्रिमियर लिग उपाधि होडमा फेरि धक्का, वेस्टहामसँग अंक बाँड्यो ★   बझाङ उपनिर्वाचनमा ४९.१२ प्रतिशत मतदान ★   दिल्लीले मुम्बईलाई २५८ रनको लक्ष्य दियो ★   इलाम–२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो, ५७ प्रतिशत मत खस्यो ★   आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता ★   पुँजी बजारमा स्वदेशी लगानीकर्ताको सुरक्षाको माग गर्दै काठमाडौंमा सरकारबिरुद्ध प्रदर्शन ★   घाइते अवस्थामा बाघ देखापरेपछि वन प्रवेश निषेध ★   संसद्लाई कमजोर नबनाउन कांग्रेसको आग्रह ★   लगानी सम्मेलन: एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

‘पठान’ रिलिज हुनुअघि शाहरुख खानको फ्यानसँग भेट



एजेन्सी । बलिउडका ‘किंग खान’ शाहरुख खान अभिनित फिल्म ‘पठान’ले यतिबेला चर्चा बटुलिरहेको छ । फिल्म २५ जनवरी अर्थात यही बुधबार रिलिज हुँदैछ यसैबीच शाहरुखले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा मन्नत बाहिर जम्मा भएका फ्यानहरूको भिडियो सेयर गरेका छन् ।

यो भिडियोमा उनले बाल्कनीमा आएर फ्यानलाई अभिवादन गर्दै पठानलाई हेर्न अपिल गरेका छन् ।

मन्नत घरबाट निस्किएपछि शाहरुखले फ्यानका लागि आफ्नो आइकोनिक पोज पनि दिएका छन् । भिडियो सेयर गर्दै किङ खानले क्याप्सनमा लेखेका छन्, ‘यति राम्रो आइतबार साँझको लागि सबैलाई धन्यवाद । पठानलाई हेर्नको लागि टिकट बुक गर्नुहोस् र अब म तपाईंलाई त्यहाँ भेट्नेछु ।’

भिडियोमा हजारौँ फ्यानहरु शाहरुख खानको एक झलक पाउनको लागि कराउँदै गरेको देखिन्छ । शाहरुख खान ४ वर्षको अन्तरालपछि पठानबाट ठूलो पर्दामा कमब्याक गर्दैछन् । फिल्ममा किंग खानका अलावा जोन अब्राहम र दीपिका पादुकोण पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् ।

चलचित्रको ट्रेलर पनि सार्वजनिक भएको छ । एक्शन थ्रिलर फिल्म ‘पठान’को कुरा गर्दा शाहरुख खान एकदमै नयाँ एक्शन अवतारमा देखिएका छन् । चलचित्रको अग्रिम टिकट बुकिङको चर्चा चलिरहेको छ । रिलिज हुनुअघि नै फिल्मले रेकर्ड ब्रेकिङ टिकट बुक गरिसकेको छ ।