१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट स्पट फिक्सिङ प्रकरणः मेहबुब आलम र आदिल अन्सारीलाई काठमाडौं ल्याइँदै



अ+ अ-

काठमाडौं । नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनीहरुलाई पक्राउ गरेको हो । सीआईबी स्रोतका अनुसार आलमलाई राजविराज र आदिललाई विराटनगरबाट पक्राउ गरिएको हो । उनीहरू दुवैलाई जहाजबाट काठमाडौं ल्याइँदैछ ।

पक्राउ परेका दुवैजनालाई काठमाडौं ल्याएसँगै औपचारिक जानकारीसहित अनुसन्धानसम्बन्धी विस्तृत विवरण सार्वजनिक गर्ने सीआईबीको तयारी छ । स्पट फिक्सिङ’मा संलग्न भएको आरोपमा नै थप एक जनालाई पनि पक्राउ गरिएको छ । यद्यपि, उनको नाम खुलेको छैन ।

पूर्वअलराउण्डर मेहबुब आलमले एकै खेलमा १० विकेटको कीर्तिमान राखेका छन् भने आदिल राष्ट्रिय टीमका उदीयमान अलराउण्डर हुन् ।

प्रहरी उपरिक्षक सञ्जयसिंह थापा नेतृत्वको टोलीले स्पट फिक्सिङबारे छानबिन गरेको थियो । प्रारम्भिक अनुसन्धानबाट टी–ट्वान्टी लिग क्रिकेटको व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनी सेभेन–३ स्पोर्टका सञ्चालक नै फिक्सिङमा संलग्न रहेको आशंका गरिएको छ । त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म नेपाल टी–२० लिग भएको थियो ।