• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित) ★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन

अष्ट्रेलियामा ऋचालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड



काठमाडौँ । अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’मा सर्ट फिल्म ‘ब्लड मनी’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् ।

सिड्नीमा आयोजना भएको फेस्टिभलमा अवार्ड ग्रहण गर्दै उनले आयोजकलाई धन्यवाद दिइन् । “हाम्रो कामको मूल्याङ्कन हुँदा खुसी लाग्छ । यसमा महिलाको सङ्घर्षलाई प्रस्तुत गरिएको छ”, अभिनेत्री शर्माले भनिन् । उनी अवार्ड ग्रहण गरेपछि यहीसाता नेपाल फर्कँदै छिन् ।

साउदी अरबमा अपराधको कसुरमा जेल सजाय भोग्न बाध्य श्रीमान्को श्रीमतीको भूमिका उनले निर्वाह गरेकी हुन् । अपराध गरेपछि क्षति हुने परिवारले मागे बराबर रकम दिने प्रक्रियालाई ‘ब्लड मनी’ भनिन्छ । फिल्ममा अभिनेत्री मिथिला शर्माले आमा र अशोक तिमल्सिनाले पतिको भूमिका निर्वाह गरेका छन् । यसका लेखक तथा निर्देशक पनि तिमल्सिना नै छन् ।

सय बढी देशका फिल्मबीच भएको प्रतिस्पर्धामा ‘ब्लड मनी’ले सिङ्गापुरको ओल्ड फिल्म कार्निभल, ह्वाइट पिलर इन्टरनेशनल फिल्म फेस्टिभल, अथ्विकवारुणी इन्टरनेशनल फिल्म फेस्टिभलमा ‘बेस्ट फिल्म अफ द इयर’को अवार्ड जितिसकेको छ ।

अठाइस मिनेटको फिल्ममा सौरभ पौडेल, पारस तिमल्सिना, विराज पराजुलीको पनि अभिनय छ । यो फिल्म ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक भइसकेको छ ।