१ आश्विन २०८३, बिहीबार
,
Latest
प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम करदाता प्रोत्साहन उपहार कार्यक्रम : भदौका ३३ विजेता आज घोषणा हुँदै काठमाडौं महानगरमा २ लाख १० हजार भवन र १२ हजार ८११ सडकको डिजिटल नक्साङ्कन सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने नारायणी लिफ्ट–खगेरी सिँचाइ आयोजना : विद्युत् खर्च ४२ लाखसम्म अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियामा ऋचालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड



अ+ अ-

काठमाडौँ । अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’मा सर्ट फिल्म ‘ब्लड मनी’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् ।

सिड्नीमा आयोजना भएको फेस्टिभलमा अवार्ड ग्रहण गर्दै उनले आयोजकलाई धन्यवाद दिइन् । “हाम्रो कामको मूल्याङ्कन हुँदा खुसी लाग्छ । यसमा महिलाको सङ्घर्षलाई प्रस्तुत गरिएको छ”, अभिनेत्री शर्माले भनिन् । उनी अवार्ड ग्रहण गरेपछि यहीसाता नेपाल फर्कँदै छिन् ।

साउदी अरबमा अपराधको कसुरमा जेल सजाय भोग्न बाध्य श्रीमान्को श्रीमतीको भूमिका उनले निर्वाह गरेकी हुन् । अपराध गरेपछि क्षति हुने परिवारले मागे बराबर रकम दिने प्रक्रियालाई ‘ब्लड मनी’ भनिन्छ । फिल्ममा अभिनेत्री मिथिला शर्माले आमा र अशोक तिमल्सिनाले पतिको भूमिका निर्वाह गरेका छन् । यसका लेखक तथा निर्देशक पनि तिमल्सिना नै छन् ।

सय बढी देशका फिल्मबीच भएको प्रतिस्पर्धामा ‘ब्लड मनी’ले सिङ्गापुरको ओल्ड फिल्म कार्निभल, ह्वाइट पिलर इन्टरनेशनल फिल्म फेस्टिभल, अथ्विकवारुणी इन्टरनेशनल फिल्म फेस्टिभलमा ‘बेस्ट फिल्म अफ द इयर’को अवार्ड जितिसकेको छ ।

अठाइस मिनेटको फिल्ममा सौरभ पौडेल, पारस तिमल्सिना, विराज पराजुलीको पनि अभिनय छ । यो फिल्म ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक भइसकेको छ ।