२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाईल्याण्डमा शुस्माको ऐतिहासिक विजय



अ+ अ-

काठमाडौं । थाईल्याण्डको राजधानी बैंककमा जारी एएसबीसी एसियन यु २२ मेन्स एण्ड उमन्स बक्सिङ्ग प्रतियोगिताको महिलाततर्फ मिनिमम वैट ४८ किलो तौल समुहमा भएको सेमिफाईनल खेलमा मंगोलियाका प्रतिद्वन्दि बेस्येन्वेई जर्नागुलीलाई तेस्रो राउण्डमा रेफ्रि स्टोप कन्टेस्ट (आरएससी) को आधारमा पराजित गर्दै फाईनलमा उज्वेकिस्तानका खेलाडी फोजिलोभा फरजोनासंग फाईनलमा भेट पक्का गरेका छन् । उज्वेक खेलाडी फोजिलोभाले आयोजक राष्ट्र थाईल्याण्डका खेलाडी योद्वारी थिप्सात्चालाई ५ः० को अंकको आधारमा पराजित गरेकि छन ।

सुस्माले जितेको उक्त पदक नेपाल बक्सिंग संघको स्थापनाकाल देखि हालसम्म सबैभन्दा उच्च स्थानमा रहेको छ । यस अघि नेपालले एशियनस्तरमा कास्य पदकसम्म नै सिमित रहेको थियो ।

२०२१मा पोल्याण्डमा सम्पन्न भएको विश्व युथ उमन बक्सिग च्याम्पियनशिपमा पनि सुस्माले लिथुयानीका खेलाडीलाई पराजितगरी क्वाटरफाईनलसम्मको यात्रा तय गर्दै विश्व वरीयतामा छैठो स्थानमा पुग्न सफल रहेकि थिईन ।

त्यसै गरी उमन फेदर वैट ५७ किलो तौल समुहमा आज भएको अर्को खेलमा भने नेपालका हेमा राई मंगोलियाका बत्तुर जोल्जारगलसंग ५ः० अंकको आधारमा पराजय भोग्दै कास्य पदकमै सिमित रहेका छन् । यस अघि हेमा राईले सिंगापुरका खेलाडीलाई ५ः० अंकको आधारमा पराजित गर्दै सेमिफाईनलसम्मको यात्रा तय गर्न सफल रहेकि थिईन ।