२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहालद्वारा नेत्री बललाई श्रद्धाञ्जलि



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका केन्द्रीय सदस्य माया बलको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज प्रधानमन्त्रीले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । काठमाडौँ मेडिकल कलेजमा उपचाररत बलको गए राति निधन भएको थियो । त्रिपन्न वर्षीया बल विगत तीन वर्षदेखि घाँटीको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।

सर्लाहीको हरिवन नगरपालिका–९ नयाँरोड घर भएकी बलको स्वास्थ्यमा जटिलता देखिएपछि केही दिन पहिलेदेखि काठमाडौँ मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको थियो । दिवङ्गत बल माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र द्वन्द्वमा सर्लाही, सिन्धुली, महोत्तरी, रौतहटलगायतका जिल्लाको नेतृत्वमा रहेर काम गर्नुभएको थियो ।

नेतृ बलको पति, तीन छोरी र एक छोरा हुनुहुन्छ । पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलि दिइएपछि उहाँको पार्थिव शरीरको आजै अन्त्येष्टि गरिने बताइएको छ । रासस