१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना

प्रधानमन्त्री दाहालद्वारा नेत्री बललाई श्रद्धाञ्जलि

प्रधानमन्त्री दाहालद्वारा नेत्री बललाई श्रद्धाञ्जलि
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका केन्द्रीय सदस्य माया बलको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज प्रधानमन्त्रीले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । काठमाडौँ मेडिकल कलेजमा उपचाररत बलको गए राति निधन भएको थियो । त्रिपन्न वर्षीया बल विगत तीन वर्षदेखि घाँटीको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।

सर्लाहीको हरिवन नगरपालिका–९ नयाँरोड घर भएकी बलको स्वास्थ्यमा जटिलता देखिएपछि केही दिन पहिलेदेखि काठमाडौँ मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको थियो । दिवङ्गत बल माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र द्वन्द्वमा सर्लाही, सिन्धुली, महोत्तरी, रौतहटलगायतका जिल्लाको नेतृत्वमा रहेर काम गर्नुभएको थियो ।

नेतृ बलको पति, तीन छोरी र एक छोरा हुनुहुन्छ । पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलि दिइएपछि उहाँको पार्थिव शरीरको आजै अन्त्येष्टि गरिने बताइएको छ । रासस