१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव

कुस्ती खेलाडीको पीडाः ‘पदक ल्याइन्छ तर खेल्ने हल छैन’

कुस्ती खेलाडीको पीडाः ‘पदक ल्याइन्छ तर खेल्ने हल छैन’
अलपत्र अवस्थामा कुस्ती प्रशिक्षण केन्द्र
अ अ+ अ-

महेन्द्रनगर । वृहत राष्ट्रिय खेलकुदमा सुदूरपश्चिम प्रदेशबाटै उत्कृष्ठ नतिजा हासिल गरिरहेका कुस्ती खेलका खेलाडी एक दशकभन्दा बढी समयदेखि साँघुरो हलमा प्रशिक्षणरत छन् । केही समयअघि सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई महिला कुस्तीतर्फ कञ्चनपुरका खेलाडीले पाँच स्वर्ण दिलाएका थिए ।

पाँच स्वर्णसहित नौ पदक जितेका यहाँका खेलाडीले विगत लामो समयदेखि जिल्ला खेलकुद विकास समितिको कार्यालयमा रहेको साँगृुरो हलमा प्रशिक्षण गर्नुपरेको गुनासो बढेको छ । पछिल्लो राष्ट्रिय तथा दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा समेत पदक विजेता यहाँका कुस्ती खेलाडीको प्रशिक्षणका लागि बनाउन सुरु गरिएको कुस्ती हल दुई वर्षदेखि अलपत्र छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले हरेक वर्ष उपलब्ध गराएको रु ६० लाखबाट दुई वर्षअघि जग हाल्ने काम जिल्ला खेलकुद समितिले गरे पनि अहिलेसम्म निर्माण अलपत्र छ ।

“अब यो वर्षको अन्तिमतिर रकम आए त्यो हल बनाएर खेलाडीको प्रशिक्षणका लागि सहज हुने थियो भन्ने आशामा छौँ ।” कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले भन्नुभयो–“खेलकुदको हल साघुँरो हुँदा जुनियर खेलाडीलाई सिनियरसित राखेर प्रशिक्षण गराउन सक्ने अवस्था छैन् ।”

सुदूरपश्चिम प्रदेशका नौवटा जिल्लामध्ये कञ्चनपुरमा मात्रै कुस्तीको प्रशिक्षण हुन्छ । साग प्रतियोगितामा पहिलो पटक महिलातर्फ कुस्तीमा स्वर्ण जित्ने खेलाडी सङ्गीता धामी पनि कञ्चनपुरकै हुनुहुन्छ ।“आठ/दश खेलाडीभन्दा बढीलाई हलमा प्रशिक्षण गराउन सकिँदैन ।” उहाँले भन्नुभयो,“अझ गर्मी याममा त हलमा खेलाडीलाई प्रशिक्षण गराउनै हम्मेहम्मे हुन्छ ।”

प्रशिक्षक चन्दले दुई वर्षअघि प्रदेशबाट आएको रकमबाट केही रकम कुस्तीको हल बनाउन जगलगायत संरचना निर्माणमा खर्चिएको बताउनुभयो । ।“बीस/बाइस प्रशिक्षार्थी प्रशिक्षणका लागि आउँथे हलकै कारण समस्या हुने गरेको छ ।” उहाँले भन्नुभयो, “खेलकुदको साँघुरो हल प्रयोग गरेको बाह्र/पन्ध्र वर्ष भइसक्यो ।”

कुस्ती खेलमा सुदूरपश्चिमले आठौंँ वृहत राष्ट्रिय खेलकुद प्रतियोगिता यता खासगरी महिलातर्फ मुलुकमै उत्कृष्ठ नतिजा यहाँका खेलाडीले प्रदर्शन गर्दै आएका छन् । “हाल सानो हुँदा म्याटको कभर ल्याएर प्रशिक्षण गराउन सकिँदैन ।” प्रशिक्षक चन्दले भन्नुभयो–“ बढी पदक दिलाउने खेलाडीले प्रशिक्षणका लागि हलसम्म नपाउनु दुखःद विषय हो ।”
नवौँ राष्ट्रिय प्रतियोगिताका लागि महेन्द्रनगरमा प्रदेशस्तरीय कुस्ती छनोट हुँदा तेक्वान्दो हलमा गरिएको थियो ।

कुस्तीमा पहिलो पटक नवौंँ राष्ट्रिय प्रतियोगितामा डेब्यूमै स्वर्ण प्राप्त गर्नुभएकी हेमा भट्टले प्रशिक्षणका लागि आवश्यक कुनै संरचना नै नभएको दुःखेसो गर्नुभयो ।“सबैसँगै प्रशिक्षणमा जुट्यो भने हलमा समस्या नै हुन्छ ।” उहाँले भन्नुभयो–“चेञ्जिङ रुमदेखि जिम सामग्रीसम्मको अभाव छ तर हल, म्याट, जिम सामग्रीलगायत आवश्यक सामग्री र पूर्वाधार भए कुस्तीले अझ बढी फड्को मार्न सक्थ्योे ।”