२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतको फैसला प्रजातन्त्रविपरीत भएको अध्यक्ष बिजुक्छेँको आरोप



अ+ अ-

काठमाडौं । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपालको संविधानमा अदालतबाट प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान नभएको बताउनुभएको छ । 

समसामयिक राजनीतिबारे आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले ल्याटिन अमेरिकी छाया अदालतमा परेको आरोप लगाउनुभयो । अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “सबै काम अदालतले गर्ने भए संसद्को के काम रु, सर्वोच्च अदालतको फैसला प्रजातन्त्रविपरीत, गैरसंवैधानिक तथा गलत छ, अदालतले सधैँ सही गर्छ भन्ने होइन ।” 

उहाँले नेपालमा संसद्को सर्वोच्चता रहे पनि अहिले यसलाई समाप्त पार्ने खेल भएको उल्लेख गर्दै अदालतले फलानोलाई प्रधानमन्त्री बनाउनु भनेर भन्नै नमिल्ने तर्क राख्नुभयो । अदालतले पार्टीको ह्विप लाग्दैन भन्नु प्रजातन्त्र र संविधान विपरित भएको भन्दै उहाँले शासक दलले न्यायाधीश नियुक्तिमा गरेको भागबन्डाको परिणाम अहिले देशले भोगेको छ भन्नुभयो ।