२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागढुङ्गाबाट लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषधसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका ४५ वर्षीय ललन गिरी रहेका प्रहरीले जनाएको छ । 

उनको साथबाट तीन हजार ट्याब्लेट नाइट्राभेट, २०० एम्पुल ब्रुप्रेनोर्फिन, २०० एम्पुल डाइजेपाम र २०० एम्पुल फेनारगन बरामद गरिएको छ । काठमाडौंँ आउँदै गरेको बा४ख ३२९५ नम्बरको बसलाई लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित गिरीलाई फेला पारेको हो ।

यसैबीच काठमाडौँ आउँदै गरेको प्रदेश ०३–००१ ख ००८७ नम्बरको बसबाट एक हजार ५०० ट्याब्लेट लागुऔषध नाइट्राजेपाम नाइट्राभेट बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त बसको र्‍याकमा बेवारिसे अवस्थामा झोलाभित्र रहेको लागुऔषध प्रहरीले बरामद गरेको हो । झोलाबाट एक थान मोबाइल र एक थान भारतीय नम्बरको सिमकार्डसमेत बरामद गरिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ । रासस