• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

राष्ट्रिय संस्कृतिमाथि वैदेशिक हस्तक्षेप हुन थाल्यो: प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको राष्ट्रिय संस्कृतिमाथि वैदेशिक हस्तक्षेप बढेको बताउनुभएको छ ।

टुँडिखेलमा आइतबार आयोजित सोनाम ल्होछार समारोहमा उहाँले आजभोलि विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप र प्रभावबाट नेपालको राष्ट्रिय संस्कृतिको जगेर्ना हुन नदिने प्रयास भइरहेको बताउनुभयो ।

विगतमा सामन्ती, एकात्मक र अधिनायकवादी शासनबाट पनि नेपालभित्रै रहेका जातजाती, भाषा र संस्कृतिमाथि दमन भएको उहाँले जिकिर गर्नुभयो । मुलुकको राष्ट्रिय संस्कृतिको जगेर्न गर्ने जिम्मेबारी सबैमा आएको उहाँको भनाइ थियो ।