२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’ News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार News Polar जलवायु जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड : विद्यादेवी भण्डारी News Polar चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता News Polar कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ? News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु

१० लाख धरौटी बुझाएर विजय गच्छदार रिहा

१० लाख धरौटी बुझाएर विजय गच्छदार रिहा
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख धरौटीमा रिहा हुनुभएको छ ।

ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारसहित १७५ जना लाई मुद्दा दायर गरेको थियो । पटक – पटक अदालतको म्याद बुझ्न अस्वीकार गरेका गच्छदार बुधबार विशेष अदालतमा उपस्थित भएर बयान दिनुभएको हो । बयान पछि १० लाख रुपैयाँ धरौटी बुझाएर गच्छदार रिहा हुनुभएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो – ‘तत्काल प्राप्त प्रमाणका आधारमा यी प्रतिवादीको हकमा विशेष अदालत ऐन २०५९ को दफा ७(घ) बमोजिमको अवस्था विद्यमान रहेको देखिदाँ पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुनेगरी हाललाई यी प्रतिवादी सँग रु १० लाख नगद वा सो बराबरको बैंक ग्यारेन्टी माग गरिएको छ । उल्लेखित धरौटी वा बैंक ग्यारेन्टी लिई निजलाई तारिखमा राख्न र सो दिन नसके नियमानुसार थुनामा राख्नुहुन सम्बन्धित कारागार कार्यालयमा लेखी पठाउनु यति आज आदेश भएको छ । उहाँले १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा हुँदै हुनुहुन्छ ।’

धरौटी बुझाएर रिहा भएसँगै कांग्रेस उपसभापति गच्छदारले आफुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिशोधपूर्ण अभियोग लगाएको बताउनुभयो । आफु रुल अफ ल र लोकतान्त्रिक पद्धतीको लागि लडेको मान्छे भएको भन्दै उहाँले विशेष अदालतको निर्णयलाई सम्मान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘अख्तियार अनुसन्धान आयोगको म माथिको अभियोगपत्र दुराग्रह, पूर्वाग्रहपूर्ण रुपले, प्रतिशोधपूर्ण अभियोग पत्र म माथि लगाइएको हो । तर विशेष अदालतमा मुद्दा दर्ता गरेको हुनाले म न्याय माथि विश्वास गर्ने मान्छे । न्यायालयको न्यायप्रति विश्वास भएको मान्छे, रुल अफ ल को लागि म लडेको मान्छे, जनताको अधिकार, लोकतान्त्रिक पद्धतीको लागि लडेको मान्छे । त्यसकारण विशेष अदालतमा मुद्दा दर्ता भएपछि म आज उपस्थित हुन आएको । विशेष अदालतले जे निर्णय आज गरेको छ । त्यसप्रति सम्मान व्यक्त गर्न चाहान्छु ।’

उपसभापति गच्छदारले छिट्टै पत्रकार सम्मेलन गरेर आफ्नो धारणाहरु सार्वजनिक गर्ने पनि बताउनुभयो । गच्छदारलाई २०६६ सालमा भौतिक योजना तथा निर्माण मन्त्री रहेको बखत बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी जग्गा व्यक्तिको नाममा पास गरिदिई भ्रष्टाचार गरेको आरोप लागेको छ । गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ साल माघ २२ गते उहाँसहित १७५ जनालाई मुद्दा दायर गरेको थियो ।