२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति एल्ड्रिनले गरे ९३ वर्षको उमेरमा चौंथो विवाह



अ+ अ-

एजेन्सी । अमेरिकी अन्तरिक्ष यात्री बज एल्ड्रिनले शुक्रबार ९३ वर्षको उमेरमा चौथो विवाह गरेका छन् । उनकी श्रीमती डा। एनका फर ६३ वर्षकी भइन् ।

एल्ड्रिन आफैले ट्विटरमा यो जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘घरबाट भागेर विवाह गर्ने किशोरकिशोरीजस्तै हामी दुवै उत्साहित छौं ।’

नील आर्मस्ट्रङ र बज एल्ड्रिन सन् १९६९ मा अपोलो ११ मिसन अन्तर्गत चन्द्रमामा गएका थिए । चन्द्रमामा अवतरण गर्ने पहिलो व्यक्ति नील आर्मस्ट्रङ थिए । उनको १९ मिनेटपछि बज एल्ड्रिनले चन्द्रमामा पाइला राखेका थिए ।

बज एल्ड्रिनले विवाहपछि पत्नी एनकासँगको तस्बिर ट्विटरमा सेयर गरेका छन् । उनले लेखेका छन्, ‘मेरो ९३औँ जन्मदिनको अवसरमा यो जानकारी गराउन पाउँदा खुसी लागेको छ कि मैले मेरी प्यारी डा। एनका फरसँग विवाह गरेको छु । हामीले लस एन्जलसमा एउटा सानो समारोहमा विवाह गर्यौं ।’

बज एल्ड्रिन तीन जना अपोलो ११ चालक दलका एक मात्र जीवित सदस्य हुन् । मिसनमा उनीसँगै आएका अन्य दुई सदस्यको निधन भएको छ । बज एल्ड्रिनले सन् १९७१ मा नासाबाट अवकाश लिएका थिए । उनले सन् १९९८ मा सेयर स्पेस फाउन्डेसन स्थापना गरेका थिए । यसको उद्देश्य अन्तरिक्ष अन्वेषणलाई बढावा दिनु रहेको छ ।