२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नं २ : सर्वसम्मतिले बजेट पारित



अ+ अ-

जनकपुरधाम । प्रदेश नं २ को बजेट सर्वसम्मत पारित भएको छ । प्रक्रिया छोट्याएर मङ्गलबार प्रदेशसभाबाट बजेट सर्वसम्मतिले पारित भएको हो । 

आर्थिक वर्ष २०७८÷७९ का लागि असार १ गते प्रदेश सरकारले रु ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट सार्वजनिक गरेको थियो । तीमध्ये चालूतर्फ रु १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार अर्थात ४६।२६ प्रतिशत, पूँजीगततर्फ रु १८ अर्ब पाँच करोड ८० लाख ८३ हजार अर्थात ५३।४४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ रु १० करोड अर्थात ०।३० प्रतिशत छुट्याइएको छ ।
    
असारभित्रै बजेट पारित गर्नुपर्ने बाध्यताका कारण सरकारले प्रक्रिया छोट्याएर बजेट पारित गरिएको हो । मन्त्रालयको बजेट र अबन्डा रकमबारे विपक्षी दलले विरोध गरेपछि मुख्यमन्त्री लालबाबु राउतले दुई दिन सहमतिका लागि प्रयास गर्नुभएको थियोे तर आज मन्त्रालयगत छलफल नगरेरै र मन्त्रीहरूलाई जवाफको समयसमेत नदिएर बजेट पारित गरिएको हो ।

प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले समय अभाव  राजनीतिक अवस्थाले बजेटमा त्रुटि र कमीकमजोरी भएको स्वीकार गर्दैे बजेटमा भएको त्रुटि मन्त्रिपरिषद्बाट रेड बुक (बजेट पुस्तिका) सच्याउने प्रतिबद्धता जनाएपछि बजेट पारित भएको हो । उहाँले बजेट पुस्तिकामा रहेको अबन्डा सत्ता पक्ष र विपक्षका सदस्यलाई समावेशी रूपमा पारदर्शी तवरले उपलब्ध गराउने बताउनुभयो । अर्थमन्त्री विजय यादवले पनि बजेटको त्रुटि सच्याउने आश्वासन दिनुभएको थियोे ।