२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’ News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार News Polar जलवायु जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड : विद्यादेवी भण्डारी News Polar चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता News Polar कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ? News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु

प्रदेश नं २ : सर्वसम्मतिले बजेट पारित

प्रदेश नं २ : सर्वसम्मतिले बजेट पारित
अ अ+ अ-

जनकपुरधाम । प्रदेश नं २ को बजेट सर्वसम्मत पारित भएको छ । प्रक्रिया छोट्याएर मङ्गलबार प्रदेशसभाबाट बजेट सर्वसम्मतिले पारित भएको हो । 

आर्थिक वर्ष २०७८÷७९ का लागि असार १ गते प्रदेश सरकारले रु ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट सार्वजनिक गरेको थियो । तीमध्ये चालूतर्फ रु १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार अर्थात ४६।२६ प्रतिशत, पूँजीगततर्फ रु १८ अर्ब पाँच करोड ८० लाख ८३ हजार अर्थात ५३।४४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ रु १० करोड अर्थात ०।३० प्रतिशत छुट्याइएको छ ।
    
असारभित्रै बजेट पारित गर्नुपर्ने बाध्यताका कारण सरकारले प्रक्रिया छोट्याएर बजेट पारित गरिएको हो । मन्त्रालयको बजेट र अबन्डा रकमबारे विपक्षी दलले विरोध गरेपछि मुख्यमन्त्री लालबाबु राउतले दुई दिन सहमतिका लागि प्रयास गर्नुभएको थियोे तर आज मन्त्रालयगत छलफल नगरेरै र मन्त्रीहरूलाई जवाफको समयसमेत नदिएर बजेट पारित गरिएको हो ।

प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले समय अभाव  राजनीतिक अवस्थाले बजेटमा त्रुटि र कमीकमजोरी भएको स्वीकार गर्दैे बजेटमा भएको त्रुटि मन्त्रिपरिषद्बाट रेड बुक (बजेट पुस्तिका) सच्याउने प्रतिबद्धता जनाएपछि बजेट पारित भएको हो । उहाँले बजेट पुस्तिकामा रहेको अबन्डा सत्ता पक्ष र विपक्षका सदस्यलाई समावेशी रूपमा पारदर्शी तवरले उपलब्ध गराउने बताउनुभयो । अर्थमन्त्री विजय यादवले पनि बजेटको त्रुटि सच्याउने आश्वासन दिनुभएको थियोे ।