२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस संस्थापन इतर पक्षको बैठकः काँग्रेसले स्पष्ट दृष्टिकोण राखेर हिँड्न सकेन(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको शेखर कोईराला पक्षको बैठकमा पार्टीको भुमिकामाथि प्रश्न उठाइएको छ ।

आईतवार काठमाडौंमा बसेको बैठकमा नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थनका बारेमा प्रश्न उठेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेस संस्थापन इतर पक्षका नेता चन्द्र भण्डारीले काँग्रेस दोधारमा रहेको भन्दै प्रश्न उठ्न थालेकाले छलफल गरेको बताउनु भयो । उहाँले पार्टी कार्यकर्ता, मतदाता र नेताहरुमा नै काँग्रेसले स्पष्ट दृष्टिकोण राखेर हिँड्न नसकेको बारेमा छलफल गरिएको बताउनु भयो । काँग्रेस आगामी दिनमा पनि राष्ट्रपति पाउने आशमा बस्ने हो की प्रतिपक्षमा बस्ने हो भन्ने बारेमा स्पष्ट हुनुपर्ने आवश्यक्ता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘काँग्रेस किन कन्फ्युजनमा छ ? किन स्पष्ट दृष्टिकोण लिएर हिँड्ने शक्तिहरु छैनन् भन्नेकुराको प्रश्न आम कार्यकर्तामा उठ्न थालेको छ । फिनी हराइसक्यो अझै गहुँका कुरा गर्ने ? काँग्रेस प्रतिपक्षमा बस्ने वा अझै पनि राष्ट्रपति पाउँछु की के पाउँछु भनेर हिँड्ने त्यही हो काँग्रेसको इतिहास ? त्यसका लागि काँग्रेस लडेको हो ? यी तमाम प्रश्नहरुको बारेमा जवाफ दिनको लागि बैठक बसेका हौँ । कसैलाई आघात, अपमान, असहज बनाउनको लागि बैठक बसेको होइन ।’

सांसद भण्डारीले बैठकमा काँग्रेसले आफ्नो इतिहास बिर्सिनु नहुने भन्दै अरुलाई अपमान गर्न, असहज बनाउनका लागि बैठक नबसेको स्पष्ट पार्नुभयो ।