• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo

प्रधानमन्त्रीलाई बिश्वासको मत दिनु गल्ती: शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनु गल्ती गरेको बताउनु भएको छ ।

संस्थापनइतर समूहको बैठकमा नेता कोईरालाले भन्नुभयो तटस्थ बसौ भनेर प्रस्ताव राखेका थियौ सुनुवाई भएन । नेता कोईरालाले भन्नुभयो ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हुन्थेन। दिएर गल्ती गरियो। तटस्थ बसौ भनेर मैले प्रस्ताव राखेको थिएँ । कार्य सम्पादन समितिमा मैले राखेको प्रस्तावको सुनुवाइ भएन । बहुमतले विश्वासको मत दिने निर्णय गरेपछि त्यसलाई मान्नु पर्ने बाध्यता भयो।’

पछिल्लो राजनीतिक अबस्थाका बारेमा छलफल गर्न सो समूहको बैठक बत्तीसपुतली अनुपम फुडल्याण्डमा बसिरहेको छ ।