२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्दिरा राना निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तुत प्रस्तावको पक्षमा एक सय ६६ मत खसेको थियो ।

सभामुख देवराज घिमिरेले मतविभाजनको परिणाम सार्वजनिक गर्दै उहाँलाई उसपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा उपस्थित सङ्ख्याको बहुमत पुगेकाले राना उपसभामुख पदमा निर्वाचित भएको घोषणा गर्नुभयो ।

उक्त प्रस्तावको विपक्षमा जम्मा ९७ मत खसेको थियो । मतदानमा जम्मा दुई सय ६४ मत खसेको थियो । एक जनाले भने मत दिएनन् । रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत देखिएकाले अर्को प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिएन ।

रास्वपाका उम्मेदवार थापाको प्रस्तावकमा सोही दलका सोविता गौतम र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का नारायणी शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का राजेन्द्र लिङदेन हुनुहुन्थ्यो । नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवको प्रस्तावकमा कांग्रेस सहमहामन्त्री बद्रीप्रसाद पाण्डे र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल हुनुहुन्थ्यो ।

यसअघि कांग्रेसका अर्जनु नरसिंह केसी, रुपा सोशी चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही, जनता समाजवादी पार्टी, नेपालका राजकिशोर यादव, नेकपा (एकीकृत समाजवादी)का अम्मरबहादुर थापा र जनमत पार्टीका गोमा लाभ (सापकोटा)ले आ–आफ्ना पार्टीले समर्थन गरेका उपसभामुखका उम्मेदवारको पक्षमा मत दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रामप्रकाश चौधरी, नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, स्वतन्त्र सांसद अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही माघ १० गते मङ्गलबार अपराह्न १ बजे बस्नेछ । रासस