१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना

उपसभामुख निर्वाचनसम्बन्धी प्रस्तावमाथि छलफल जारी

उपसभामुख निर्वाचनसम्बन्धी प्रस्तावमाथि छलफल जारी
file
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको उपभामुख चयनको प्रक्रिया सुरु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले सांसद इन्दिरा रानालाई प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वार्चित गरियोस् भनी प्रस्ताव पेस गर्नुभयो ।

उक्त प्रस्तावलाई नेकपा (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का नारायणी शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले समर्थन गर्नुभएको थियो । उक्त प्रस्ताव पेस गर्दै सांसद गौतमले उम्मेदवार राना राजनीतिमा नयाँ भए पनि सामाजिक क्षेत्रमा आम नेपालीबीच परिचित अनुहार भएको बताउनुभयो । कारागारमा रहेका अभिभावकका बालबालिकाको अभिभावकत्व लिएर समाजमा उदाहरणीय कार्य गरेको उल्लेख गर्दै उहाँले रानालाई उपसभामुखमा निर्वाचित गराएर गौरव गर्नुपर्ने धारणा राख्नुभयो ।

“अन्धकारमा जीवन बिताइरहेका कैयौँ नेपाली बालबालिकालाई नयाँ जीवन र नयाँ भविष्य दिएर नेपालको भविष्य नै उज्जवल बनाउनुहुने माननीय इन्दिरा रानामगर यस गरिमामय सदनको उपसभामुखको कुर्सीमा बस्नु भनेको, उहाँको योग्यताको कदर मात्र होइन । बरु उपसभामुखको कुर्सी नै सम्मनानित हुनु हो”, उहाँले भन्नुभयो ।

उक्त प्रस्तावका समर्थक श्रेष्ठले समाजमा दिएको योगदानको प्रतिफलका आधारमा नै रानाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान पाएको बताउनुभयो । उहाँको पृष्ठभूमि, वर्तमान अवस्था र भविष्यमा खेल्नसक्ने भूमिकालाई मध्यजनर गर्दै उपसभामुखमा सान्दार मतबाट निर्वाचित गराउन श्रेष्ठले आग्रह गर्नुभयो ।

अर्का समर्थक शर्माले सामाजिक क्षेत्रमा अब्बल व्यक्तिका रुपमा सांसद रानामगर रहेको उल्लेख गर्दै सिङ्गो संसद्लाई उहाँले नेतृत्व गर्न सक्ने बताउनुभयो । उहाँले महिला, जनजाति, पछाडि परिएका व्यक्तिलाई अगाडि ल्याउन पनि रानामगरलाई उपभामुखमा विजयी गराउनुपर्ने बताउनुभयो ।

अर्का समर्थक लिङ्देनले रानामगरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतलेसमेत नजिकबाट चिनेको उल्लेख गर्दै उहाँले भूइँ मान्छोका रुपमा आफ्नो देशको नाम राख्ने काम गरेको स्मरण गर्नुभयो । “आफूलाई सम्पूर्णरुपमा समाजसेवामा समर्पित गर्नुभएको छ, त्यस्तो व्यक्तिलाई समर्थन गर्न पाउनु अत्यन्त खुसीको विषय हो”, उहाँले भन्नुभयो, “रानामगरलाई राप्रपाको पूर्ण समर्थन छ । सबै पार्टी र सांसदलाई उहाँको पक्षमा मतदान गर्न अपिल गर्न चाहन्छु ।”

उपसभामुख पदका अर्का उम्मेदवार मुक्ताकुमारी यादवलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले सभामा प्रस्ताव पेस गर्नुभयो । उक्त प्रस्तावलाई नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्लाले समर्थन गर्नुभएको छ ।

प्रस्ताव पेस गर्नुहुँदै सांसद पाण्डेले संसदीय अभ्यासमा यादव अनुभवी रहेकाले उपसभामुखमा विजयी गराउनुपर्ने बताउनुभयो । “उहाँले समावेशी संविधान निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको छ । यस्तै राष्ट्रियसभा सदस्यका रुपमा पनि जनताको प्रतिनिधिका रुपमा काम गर्नुभयो”, सांसद पाण्डेले भन्नुभयो । उक्त प्रस्तावका समर्थक मेटमणि चौधरी र अर्का समर्थक शुक्लाले यादवको योग्यता र क्षमतामाथि विश्वास गरेर मतदान गर्न सबै सांसदलाई आग्रह गर्नुभयो । रासस