• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित ★   रोजगारीका लागि ११ महिनामा झण्डै सात लाख नेपाली विदेशिए ★   राष्ट्रपति पौडेलद्वारा भत्किएको बर्लिनको पर्खाल अवलोकन ★   भोजपुरको जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गरिँदै ★   बजार व्यवस्थित नहुँदा सडकमै आँप किनबेच ★   सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि ★   चाँगुनारायणमा बस्ती विकासको नाममा खहरे मासेर सडक निर्माणको काम थालेपछि स्थानीयहरु आन्दोलित ★   लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना ★   ‘बोक्सीको घर’ ले पूरा गर्‍यो ५१ औँ दिन ★   वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छ: झलनाथ खनाल

उपसभामुख चयनका लागि बैठक सुरु



काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख चयनका लागि बोलाइएको प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना र नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादव उम्मेदवार हुनुहुन्छ ।

रानाको प्रस्तावकमा रास्वपाका सोविता गौतम र समर्थकमा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ, नेकपा(माओवादी केन्द्र)का नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङदेन हुनुहुन्छ ।

यादवको प्रस्तावकमा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला हुनुहुन्छ ।

बैठकमा दुवै उम्मेदवारका प्रस्तावक र समर्थकले आ–आफना पक्षका उम्मेदवारलाई समर्थन गर्न आग्रह गर्नुहुनेछ । दलीयरुपमा संसद्मा प्रतिनिधित्व रहेका दलका नेताले पनि मन्तव्य राख्नुहुनेछ । रासस