२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेशसभाको चालू अधिवेशन अन्त्य



अ+ अ-

कर्णाली । कर्णाली प्रदेशसभाको चालू अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार राति १२ बजेदेखि प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्य गर्नुभएको हो । 

बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसमा प्रदेश प्रमुख कलौनीले नेपालको संविधानको धारा १८३ (२) बमोजिम चालू अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को लगातारको अवरोधका कारण प्रदेशसभाका बजेट अधिवेशन प्रभावित भएको थियो ।

प्रदेश सरकारले असार १ गते आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गरे पनि त्यसयताका बैठक एमाले अवरोधले कार्यसूचीमा प्रवेश गर्न नपाई स्थगित हुँदै आएका थिए । प्रदेशसभाबाट बजेट पारित हुन नसकेपछि सरकार अध्यादेशबाट बजेट ल्याउने तयारीमा छ ।

एमाले प्रदेशसभा सदस्य पद्मा खड्काले प्रदेशसभामा विनियोजन विधेयक विचाराधीन रहेको अवस्थामा एक तिहाइ बजेटसहित पेश्की खर्च विधेयक ल्याउन सकिने संवैधानिक प्रावधान छँदाछँदै सरकार निरङ्कुश ढङ्गले अघि बढेको बताउनुभयो । सदनमा सर्वोच्च अदालतको आदेशविपरीत आफ्ना सदस्यलाई सरकारले सत्तापक्ष बनाएको भन्दै मन्त्री पदबाट हटाउनुपर्ने एमालेको माग थियो । नेकपा (माओवादी केन्द्र) र नेपाली कांगे्रस गठबन्धनको सरकारमा हाल एमालेका तीन सदस्य मन्त्री छन् ।