२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’ News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार News Polar जलवायु जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड : विद्यादेवी भण्डारी News Polar चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता News Polar कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ? News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु

दल विभाजनको गाँठो फुकाउने सरकारको तयारी , नेपाल पक्षले विश्वासको मत दिने

दल विभाजनको गाँठो फुकाउने सरकारको तयारी , नेपाल पक्षले विश्वासको मत दिने
अ अ+ अ-

काठमाडौ । बहुमत सदस्य सहितको दाबीमा अदालतको परमादेश सहित प्रधानमन्त्री बन्नु भएका नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाको सरकारको सत्ताको साँचो माधब कुमार नेपालसंग रहेको छ । माधब नेपालको भाषामा 'अतिबाद बिरुद्ध बिद्रोह' तथा हाल सम्म उहाकै पार्टी नेकपा एमालेका अध्यक्ष केपी ओलीको मुल्याङनमा 'अनुशासनहीन र अराजक समूह ' अर्थात नेपाल समुहसंग रहेको साँचो जोगाउनु प्रधानमन्त्री देउवाको लागि सबै भन्दा ठुलो चुनौतिका रुपमा रहेको छ ।

तस्बिर: रोशन सापकोटा/रासस।

साढे तीन बर्षमा प्रतिपक्षको भूमिका पनि राम्रो संग निभाउन नसकेको आरोप लागेका देउवाले यतिबेला नसोचेको स्थान पाउनु भएको छ । सरकारको साँचो नेपालसंग रहेका कारण यतिबेला देउवाको प्रथामिकतामा नेपाल हुनुहुन्छ ।  ओलीलाई सत्ताच्यूत गराउन निर्णायक भूमिकामा रहनु भएका एमालेका बरिष्ठ नेता नेपाल प्रधानमन्त्रीको सपथ  ग्रहण समारोहमा देउवा भन्दा बढी उत्साहीत हुनुहुन्थो । जसका कारण बिरामी भनिएका नेपालले कोरोनाको समेत वास्ता नगरी कसिलो रुपमा  हात मिलाउनु भयो । त्यही कसिलो हात हत्तपत्त नछुटोस भन्दै सपथ लिएको भोलीपल्ट बुधबार देउवा नेपाल निबास कोटेश्वर पुग्नु भयो ।

उहाँले सरकार बनाउन निकै ठुलो गुन लगाएको कारण नेपालको समूहलाई सरकारमा सहभागी हुन आग्रह गर्नुभयो । तर नेपाल समूह तत्काल सरकारमा सहभागी हुन चाहे पनि प्राबिधिक रुपमा मिलेको छैन ।  प्रधानमन्त्री देउवाले त्यही बाध्यता बुझेर कानून मार्फत नेपाललाई परेको समस्या गाँठो फुकाईदिने आश्वासन दिनुभएको छ ।  देउवाको आश्वासन तत्कालको प्रतिक्रियाको रुपमा मात्र आएको  होईन ।

 माधब नेपाल समूहमा एक प्रभाबशली सदस्यका अनुसार यति बेला नेपाल आफू संग भएका भनिएका २३  सांसदलाई जाोगाउने र सकेसम्म ओली तीरका असन्तुुष्ट सांसदहरु लाईआफू तीर  तान्ने प्रयासमा हुनुहुन्छ ।  ती नेताका अनुसार  एमाले भएरै देउवालाई बिश्वासको मत दिने  तयारी नेपाल समूहको रहेका छ ।  जसको बाटो अदालतको आदेशबाट आएको छ वा मिलाईएको छ ।

सरकारले बिश्वासको मत प्रांप्त गरे लगत्तै संसद अधिबेशन अन्त्य गर्ने तयारी देउवाको रहेको छ । अधिबेशन अन्त्य संगै राजनीति दल सम्बन्धी  अध्यादेश ल्याउने बारेमा देउवा, नेपाल र पुष्पकमल दाहल बीच सहमति भै सकेको स्रोतले जनायो । स्रोतमा अनुसार त्यसबेला सम्म नेपाल समूहमा पनि सदस्य रहन्छन् त्यही संख्याको आधारमा पुग्ने गरी कानून ससोधन गर्ने र लगत्र्तै नेपाल समूहले निर्बाचन आयोगमा यस अघि दर्ता गराएको दललाई क्रियाशिलता दिने तयारी रहेको छ । त्यसबेला सम्म उपेन्द्र यादलबले नेतृत्व गरेको दलले बैधानीकता पाउने बाताबरण मिलाउने तयारी पनि गठबन्धनको रहेको स्रोतले जनायो ।

यसै गरी राष्ट्रपति बिद्यादेबी भण्डारी बिरुद्ध महाअभियोगको अस्त्र तत्काल प्रयोग नगर्ने तर दवाबमा राख्दै राजीनामाका लागि बाध्य पार्ने तयारी पनि गठबन्धनले गरेको ती नेताले बताए । ओली संग देउवा तथा दाहाल भन्दा निकै बढी अक्रोसित हुनु भएका  नेपालले कुनै पनि हातलमा ओलीलाई चकानाचुर पार्नुृपर्ने भन्दै  ओलीका पालमा  भएका सम्पूर्ण राजनीतिक नियुक्तिलाई खाली  गराउने आफू निकट नेताहरु लाई बताउदै आउनु भएको छ ।

यो संगै आगमी तीनैतहको निर्बाचन सम्म गठबन्धनलाई निरन्तरता दिने सहमति गरेका पाँच दल बीच भागबण्डा समेत भएको स्रोतले जनाएको छ । उहाँका अनुसार पाँचदल बीच ५५/४५ प्रतिशतमा भागबण्डा समेत भएको जनाईएको छ । नेपाली काँग्रेसले ५५ प्रतिशत र अन्य चार दलले ४५ प्रतिशत लिई सहकार्य गर्ने सहमति पनि गरेको उहाँले बताउनु भयो ।