२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्रलाई सुधार गर्ने अभियानमा सरकारलाई सरोकारवाला सबै निकायको साथ आवश्यक छः अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रलाई सुधार गर्ने अभियानमा सरकारलाई सरोकारवाला सबै निकायको साथ आवश्यक रहेको बताउनुभएको छ ।

शनिवार कृषि विकास बैंकको ५६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले आर्थिक दृष्टिकोणले खडा भएको चुनौतिको सामना गर्दै मुलुकको आर्थिक अवस्था र सामथ्र्यलाई सुधार गर्ने अभियानमा सबैको साथ आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले अर्थमन्त्रालय मुलुकको चुनौतिपूर्ण अर्थतन्त्र सुधारको लागि सुशासन,आर्थिक मितव्ययिता,खर्च कटौती,सुविधा कटौती गर्ने अवस्थामा रहेको बताउनु भयो । अर्थमन्त्री पौडेलले बजेटको मध्यावधिक समिक्षा गर्ने बेलामा समेत राजश्व संकलनमा चालु आर्थिक वर्षको लक्ष्य भेटाउन नसकेको स्वीकार गर्नुभयो ।

उहाँले गत आर्थिक वर्षमा यही समयमा भएको राजश्व संकलन बराबरको समेत हुन नसकेको बताउनु भयो । उहाँले मुलुकले अन्तर्राष्ट्रिय सहयोग अनुदान तथा ऋण परिचालनमा समेत समस्या रहेको बताउनु भयो । अर्थमन्त्री पौडेलले साधरण खर्च लिमिट भन्दा माथि भएको भन्दै पुँजीगत खर्च १५ प्रतिशतको हाराहारीमा मात्रै रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ अहिले अर्थमन्त्रीको हैसियतमा मितव्ययिता,खर्च कटौती,सुविधा कटौतीका निम्ति सिंगो राष्ट्रलाई आग्रह गर्नुपर्ने ठाउँमा छु । हामी सबैलाई थाहा छ मुलुकको आर्थिक सामथ्र्य कहाँ आइपुगेको छ । मुलुकको आम्दानी र खर्च कस्तो रहेको छ । खर्च गर्ने मुलुकको सामथ्र्य कहाँ छ ।

आजका मितिसम्म आइपुग्दा पनि राजश्व परिचालनमा चालु आर्थिक वर्षको लक्ष्य भेटाउन नसकेको मात्रै होइन । गत वर्ष यही समयमा जति राजश्व परिचालन गरेका थियौं । त्यो भन्दा पनि पछाडि छौं । राजश्व परिचालनको अवस्था यस्तो छ ।

मुलुकले अन्तर्राष्ट्रिय सहयोग अनुदान तथा ऋण परिचालनमा समेत समस्या रहेका छन् । खर्चको सामथ्र्यको कुरा गर्दा साधरण खर्च लिमिट भन्दा माथि छ । पुँजीगत खर्च १५ प्रतिशतको हाराहारीमा आइपुगेका छौं । जब हामी बजेटको मध्यावधिक समिक्षा गर्ने बिन्दुमा आइपुगेका छौं । मुलुकको आर्थिक अवस्था यस्तो रहेको छ । त्यसले गर्दा यो सबै आर्थिक दृष्टिकोणले जुन किसिमको चुनौति खडा भएको छ ।

चुनौतिको सामना गर्दै मुलुकको आर्थिक अवस्था र सामथ्र्यलाई राम्रो बनाउने अभियानमा सबैको साथ सरकारलाई आवश्यक भएको छ । त्यस अर्थमा खर्च कटौतीका निम्ति,मितव्यीताका निमित्त कृषि विकास बैंकको व्यवस्थापनको समेत समर्थनको लागि आग्रह गर्दछु ।’

उहाँले बजेटको मध्यावधिक समिक्षा गर्ने बिन्दुमा आइपुग्दा समेत १५ प्रतिशत मात्रै पुँजीगत खर्च हुनु अर्थतन्त्र सुधारको लागि चुनौति देखिएको बताउनु भयो । उहाँले अर्थतन्त्रमा देखिएको चुनौतिलाई सुधार गर्नको लागि खर्च कटौतीका निम्ति,मितव्ययिताका निमित कृषि विकास बैंकको व्यवस्थापनको समेत साथ पाउने विश्वास व्यक्त गर्नुभयो ।