२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफैले पटक–पटक हत्या गरेको र मलामी गएको प्रतिनिधिसभामा कुन मुख लिएर आउँछौं ?



अ+ अ-

संबिधान, लोकतन्त्र र संसदीय सर्बोच्चतालाई शासकीय अहंकारको खुनी पन्जाबाट बचाउने हामी नेकपा एमालेका २३ साँसदमाथि अहिले बिभिन्न माध्यमबाट बिषबमन गर्ने र अतिरन्जितढंगले भ्रम छर्ने दुस्प्रयास भइरहेको छ । यस्तो भ्रमपूर्ण प्रचारका दुई कारण देखिन्छन् । पहिलो आफ्नो असंबैधानिक कृत्यलाई कम्तीमा कार्यकर्ता पंक्तिमा स्थापित गर्नु ।  दोस्रो, पछिल्लो पटक बन्दै गएको नेकपा एमालेको एकताको बाताबरण समाप्त पार्नु ।

यस्तो निकृष्ट स्वार्थबाट प्रेरित भएर हामीमाथि गरिएका नियोजित कुप्रचारको म घोरभत्र्सना गर्दछु । यस्ता आधारहीन, मनगढन्ते र पार्टी एकताबिरोधी प्रचारले हामीलाई कुनै बिचलित पार्न नसक्ने स्पष्ट पार्दै हामीहरुले चालेको कदमलाई सम्मानित अदालतले सदर, सम्मान र आदर गरेको तथ्यले हामी सही बाटोमा थियौं भन्ने कुरालाई दुनियाँसामु स्पष्ट गरेको कुरा सबैमा स्मरण गराउन चाहन्छौं ।  

नेपाली जनताले आफ्नो सार्बभौम अधिकारको प्रयोग गर्ने एक मात्र थलो प्रतिनिधिसभालाई षडयन्त्रपूर्णढंगले बिघटन गर्ने देखिएपछि त्यस्तो षडयन्त्रलाई बिफल पार्न हामीले अन्य राजनीतिक दलहरुसँग गठबन्धन गरेका हौं । यति गर्दागर्दै पनि शासकीय अहंकारको सीमा नाघेर जालसाँजीपूर्णढंगले संसद बिघटन गरेपछि हामी २३ साँसद गठबन्धनसहित अदालतसम्म पुगेका हौं । किनभने संसद बिघटन संविधानले आत्मसात् गरेको लोकतान्त्रिक आदर्श, मूल्यमान्यता, संविधानवाद तथा संवैधानिक नैतिकताअनुकूल छँदै थिएन । संसद बिघटन यतिमै रोकिनेवाला थिएन ।

यसबाट मुलुकमा निम्त्याउने राजनीतिक र संबैधानिक संकट उत्पन्न गराउने र त्यहाँभित्र खेलेर संबिधान र लोकतान्त्रिक गणतन्त्र नै समाप्त पार्ने अभिष्टका साथ संसद बिघटन गरिएको तथ्यहरुले प्रमाणित गरिसकेका छन् । यस्तो भयानक षडयन्त्रलाई चकनाचुर पार्दै मुलुकको राजनीतिलाई फेरि मूलबाटोमा फर्काउन हामीले पहलकदमी लिएका हौं । हामी यसमा सफल भएका छौं र नेपालको आधुनिक राजनीतिक ईतिहासमा एउटा गर्बिलो ईतिहास खडा गरेका र्छौ । हाम्रो कदमले संबिधान , लोकतन्त्र र संसदलाई मात्र बचाएन संबिधानमा भएका कतिपय अस्पष्टतालाई पनि हटाएको छ ।

यसैले हाम्रो कदमले संबैधानिक बिकासमा ठूलो योगदान पनि गरेको छ । यति मात्र होइन, सर्बोच्चले स्थापित गरेको नजिरले यो संबिधान जीबित रहेसम्म कुनै पनि शासक स्वेच्छाचारी र अधिनायकबादी हुन नसक्ने सुनिश्चितता गर्नुका साथै आगामी दिनमा जोकसैले पनि संवैधानिक मर्ममाथि अवाञ्छित अतिक्रमण गर्न नसक्ने ग्यारेन्टी गरिदिएको छ । यो नेपालको राजनीतिमा चानचुने उपलब्धी होइन । 

 हाम्रो कदम र सम्मानित सर्वोच्चको फैसलालाई गलत थियो भन्नेहरुलाई म प्रश्न गर्न चाहन्छु, संबिधानको ब्याख्या तिमीहरुले गर्ने हो कि न्यायपालिकाले? प्रधानमन्त्री र राष्ट्रपतिका कदमप्रति न्यायपालिकामा प्रश्न उठ्न नपाउने हाम्रो संबिधानमा कहाँ ब्यबस्था गरिएको छ ? के राष्ट्रपति पन्चायतकालीन राजाभन्दा बढी अधिकार प्राप्त र संबिधानभन्दा माथि हुन ? म चुनौति पनि दिन चाहन्छु, सर्बोच्चको फैसला गलत हो भने पुनःस्थापित भएको प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने हिम्मत र आँट गर ।

यसै पनि तिमीहरुलाई यो प्रतिनिधिसभामा उपस्थिति हुने कुनै नैतिक अधिकार छैन । आफैले पटक–पटक हत्या गरेको र मलामी गएको प्रतिनिधिसभामा कुन मुख लिएर आउँछौं ? त्यसैले सम्मानित अदालतले हाम्रो कदमलाई उचित ठह¥यायो भनेर दिमागलाई असन्तुलित बनाउनुको सट्टा हामी नै पो गलत रहेछौ भनेर आफ्नो अनुहार ऐनामा हेर्नु नै तिमीहरुको लागि सबभन्दा उत्तम गन्तब्य हो ।