१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ च्याम्पियनसिप असार ५ गते गर्ने प्रस्ताव



फाईल फोटो
अ+ अ-

काठमाडौं । १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आगामी असारमा हुने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बंगलादेशमा आयोजना हुने प्रतियोगिता असारको ५ गतेदेखि १८ गतेसम्म गर्न प्रस्ताव गरेको हो । यद्दपी प्रस्तावित मितिमा नै हुने तय भने भएको छैन ।

यस बिषयमा छलफल चलिरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले जानकारी गराए । ‘साफको प्रस्ताव हो । छलफलकै क्रममा रहेको छ । प्रस्तावित मितिमै हुने सम्भावना छ,’ उनले भने ।

यस संस्करणको साफ च्याम्पियनसिपमा ७ राष्ट्रले सहभागिता जनाउदै आएको छ । माल्दिभ्समा आयोजना भएको १३ औं साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । भुटान र पाकिस्तानले भने सहभागिता जनाएको थिएन ।

अघिल्लो संस्करणमा नेपाल भारतसँग उपाधि भिडन्तमा ३-० ले पराजित भएको थियो ।