५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले मौनधारणको अवज्ञा गरेको भन्दै मधेस कांग्रेसको विरोध



अ+ अ-

जनकपुरधाम । नेपाली कांग्रेस मधेस प्रदेशले प्रतिनिधिसभा बैठकमा मधेस आन्दोलनका शहिदहरुप्रति सांसदहरुले गरेको अपमानप्रति दुःख व्यक्त गरेको छ ।

कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादवले विज्ञप्ति जारी गर्दै मधेस आन्दोलनका शहिदहरुप्रति प्रतिनिधिसभामा अपमान भएकोमा दुःख व्यक्त गरेका हुन् ।

विहिवार सदनमा बोल्ने क्रममा जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सीके राउतले मधेसी शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण गर्न आग्रह गरेक थिए । सोहि क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका केही सांसदहरु भने मौन धारणको लागि उठेनन् ।

प्रधानमन्त्रीले नै मौन धारण नगरेर विभेद र अपमानपूर्ण व्यवहार गरेको भन्दै दुःख व्यक्त गरेका छन् । विज्ञप्तिमा भनिएको छ ‘मौनधारणको अनुरोधलाई प्रधानमन्त्री लगायतका कतिपय सांसदज्यूहरूले अवज्ञा गर्नु दुःखद छ। यो घटनाबाट हाम्रा शासकहरू मधेसका शहीदहरूप्रति समेत वैरभाव राख्छन् भन्ने प्रष्ट हुन्छ ।’

मधेश आन्दोलनका सहिदहरूप्रति प्रधानमन्त्री प्रचण्ड लगायतको रवैया मधेस र मधेसी जनताप्रतिको अपमान र मधेशीजनविरुद्ध व्याप्त विभेदपूर्ण मानसिकताको उपज भएको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै आगामी दिनमा यस्ता विभेद र अपमानपूर्ण व्यवहार नगर्न प्रधानमन्त्री प्रचण्डलगायत सम्बन्धित सबैलाई ध्यानकर्षण गराएका छन् ।

 




भर्खरै